गृहपृष्ठ ∕ समाचार ∕ गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित दीप संञ्चार असार २०, २०७७ गते ७:५७ मा प्रकाशित बागलुङ – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद तथा लोकान्तर सहकर्मी थम्मन थापा सम्मानित भएका छन् । २०७४ सालमा गलकोट नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार २०७७ बाट सातौं नगर सभामा पत्रकार थापा सम्मानित भएका हुन् ।वि.सं २०६५ साल देखि बागलुङको गलकोट बाट पत्रकारितामा कलम चलाउँदै आइरहेका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरपालिकाले नगर सभाको अवसरमा प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई नगद रु २० हजार र सम्मान पत्र सहित सम्मान गर्दै आइरहेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् ।पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवारी बन्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको गलकोट नगरपालिकाले जनाएको छ । पत्रकार थापाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका छन् । थापाले विभिन्न सञ्चार माध्यममा बागलुङ बाट रिपोर्टिङ गर्दै आइरहेका छन् ।गलकोट नगरपालिकाले गर्ने हरेक क्रियाकलापहरू सञ्चार माध्यम मार्फत आम जनसमुदायला खबर प्रदान गरी अतुलनिय भूमिका निर्वाह गर्ने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्यले गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । गलकोट नगरपालिका वडा नं २ नरेठाटीको सभा हलमा आयोजित सातौं नगर सभा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पास गर्दै सम्पन्न भएको छ ।नगर सभामा गलकोट नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सञ्चारकर्मीहरु, कर्मचारीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप