साइप्रसबाट ८८ जना बोकेर जहाज उड्यो, मृतक अमगाईको शव स्वदेश फर्काउन प्रक्रिया पुगेन
युरोप – युरोपियन देश साइप्रसबाट कोरोना भाइरसको महामारीकाबीच पहिलो पटक कतार एयरवेजले नेपालीहरुको चार्टर्ड बिमान उडाएको छ ।
साइप्रसको लार्नाको अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार दिउँसो दुई बजे ८८ जना नेपाली बोकेर कतार एयरवेजको उडान क्युआर २६६ नम्बरको जहाज नेपालका लागि उडेको हो ।
यो उडान उद्धारको पहिलो चरण अन्तर्गत अन्तिम उडान हो । शुक्रवार फर्किएका सबैजना नेपाली दूतावास इजरायल , होनरी कन्सुलेट साइप्रस र एनआरएन साइप्रसको प्राथमिकतामा परेकाहरु हुन् । फर्किनेमध्ये २२ महिला र ६६ जना पुरुष रहेका छन् ।
नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ६ सय ४० युरो (करिव ८५ हजार ९४८ रुपैया) का दरले टिकट लिएका छन् । नेपाल फर्किएका प्रायःको कोरोना परीक्षणको प्रमाणपत्र साथमा छ।
स्वदेश फर्किएका नेपालीहरुलाई होनरी कन्सुलेट डाक्टर रामजिवन पन्जियार , समाजसेबी एवमं एनआरएनए साइप्रसका संरक्षक सुबास मल्ल , गैरआवासीय नेपाली सघं साइप्रसका प्रवक्ता दिनेश गौतमले विमानस्थलमै पुगेर बिदा गरेका थिए ।
दूतावासको समन्वय ,नेपाल सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण कतार एयरलाइन्समार्फत पहिलो र अन्तिम चरणको उडान सकिएको नेपाली दूतावास इजरायलले जनाएको छ ।
दूतावासकी राजदूत डा.अन्जान शाक्यका अनुसार साइप्रसमा सुरुमा दुतावासमा नेपाल जानेहरु लगभग साढे चारसय भन्दाबढीले नाम टिपाएको कारण आफूहरु आफ्नै नेपाली विमानलाई चार्टर गराउन खोजे पनि युरोपियन देशहरुले नेपाली विमानलाई साइप्रसमा प्रवेश नदिएपछि केही दिनका लागि ढिला भएको बताउँदै धेरै नेपालीहरु स्वदेश फर्कनका लागि टिकट नकाटेपछि अलि पछाडि फ्लाईट भएको जानकारी दिइन् ।
हत्या गरिएका अमगाईको शव पठाउन सकिएन
केही महिना महिला चितवन जिल्लाको रत्ननगर नगरपालिका–११ का २१ बर्षिय विवेक अमगाईको हत्या पछि विलम्बका कारण अन्तरिक चोटपटक र अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको थियो ।
उनको शव अमगाईका परिवारहरुको आग्रहमा शुक्रवारकै जहाजमा पठाउनका लागि नेपाली रादूतावास इजरायलकी राजदुत डा. आन्जन शाक्यले नेपाल सरकारका विभिन्न निकाय , साइप्रस सरकारको सरकारी स्तरका निकायहरुलाई पत्र लेखेपनि केही कागजी प्रक्रिया नपुगेको कारणले स्वदेश फर्काउन नसकिएको दुतावासका प्रवक्ता एवमं उपनियोक प्रमुख अर्जुन घिमिरले जानकारी दिए । – जिएनएन
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस