गृहपृष्ठ ∕ समाचार ∕ दाङकी युवतीको ‘लाइभ सुसाइड भिडिओ’ फेसबुकले हटायो दाङकी युवतीको ‘लाइभ सुसाइड भिडिओ’ फेसबुकले हटायो दीप संञ्चार असार २०, २०७७ गते ७:३४ मा प्रकाशित दाङ – फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ शुक्रबार फेसबुकले हटाएको छ।तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको थियो।घटनाको झन्डै ३५ घन्टापछि बल्ल शुक्रबार मध्यान्ह १२ बजेतिर उक्त भिडिओ फेसबुकले हटाएको छ।प्रहरीले उक्त भिडिओ हटाउन नसकेपछि त्यो हटाउनका लागि फेसबुकलाई पत्राचार गरेको थियो।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले उक्त भिडिओ हटाउनका लागि मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गर्नुपरेको बताएका थिए।प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लक खोल्न नसकेपछि भिडिओ हटाउन समय लागेको हो।‘मोबाइलको लक खोल्ने प्रयासहरू धेरै भए। प्रहरी बजारका सबै मोबाइल पसलहरूमा पुग्यो,’ डिएसपी सिंहले भने ‘तर कसैले पनि प्याटर्न खोल्न सकेनन्, त्यसलै गर्दा मोबाइल पनि काठमाडौंमा पठाउनुपर्दा ढिलाइ भयो।’मृतकले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकोले मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा मोबाइल खोल्न सम्भव नभएको तथा समयमै भिडिओ हटाउन पनि नसकिएको डिएसपी सिंहले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल