गृहपृष्ठ ∕ समाचार ∕ दाङकी युवतीको ‘लाइभ सुसाइड भिडिओ’ फेसबुकले हटायो दाङकी युवतीको ‘लाइभ सुसाइड भिडिओ’ फेसबुकले हटायो दीप संञ्चार असार २०, २०७७ गते ७:३४ मा प्रकाशित दाङ – फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ शुक्रबार फेसबुकले हटाएको छ।तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको थियो।घटनाको झन्डै ३५ घन्टापछि बल्ल शुक्रबार मध्यान्ह १२ बजेतिर उक्त भिडिओ फेसबुकले हटाएको छ।प्रहरीले उक्त भिडिओ हटाउन नसकेपछि त्यो हटाउनका लागि फेसबुकलाई पत्राचार गरेको थियो।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले उक्त भिडिओ हटाउनका लागि मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गर्नुपरेको बताएका थिए।प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लक खोल्न नसकेपछि भिडिओ हटाउन समय लागेको हो।‘मोबाइलको लक खोल्ने प्रयासहरू धेरै भए। प्रहरी बजारका सबै मोबाइल पसलहरूमा पुग्यो,’ डिएसपी सिंहले भने ‘तर कसैले पनि प्याटर्न खोल्न सकेनन्, त्यसलै गर्दा मोबाइल पनि काठमाडौंमा पठाउनुपर्दा ढिलाइ भयो।’मृतकले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकोले मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा मोबाइल खोल्न सम्भव नभएको तथा समयमै भिडिओ हटाउन पनि नसकिएको डिएसपी सिंहले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट