गृहपृष्ठ ∕ समाचार ∕ जुलाई ८ मा नेपाली लिन हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै ( यस्तो छ उडान तालिका ) जुलाई ८ मा नेपाली लिन हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै ( यस्तो छ उडान तालिका ) दीप संञ्चार असार १९, २०७७ गते २१:०९ मा प्रकाशित काठमाडौं – चीनको थेयनचिनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा त्यसतर्फ जाने भएको छ । कोभिड–१९ का कारण चीनको थेयनचिनमा रहेका नेपालीहरुलाई ल्याउन जुलाई ८मा काठमाडौंबाट जहाज उड्ने भएको हो । र, उक्त जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ ।हिमालय एयरको एच९–७६०१ को जहाज जुलाई ८मा ११ः५० बजे काठमाडौंबाट उडी जुलाई ९ को बिहान ८ः५०मा थेयनचिन अवतरण गर्ने छ । सोही दिन चीनको ८ः५०मा नेपाली लिएर उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले थेयनचिन देखि काठमाडौंसम्मको भाडादर भने ६ सय ९९ अमेरिकी डलर तोकेको छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले टिकटको लागि बिहान १० बजेदेखि ५ बजेसम्म एयरलाइन्सले तोकेको स्थान र व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन ।विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।एयरलाइन्सको उडान तालिका :क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु