Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको तयारी

एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको तयारी


विस्कन्सन, अमेरिका – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)अमेरिकाको आसन्न नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्य रुपमा हुन लागेको छ । आईतबार जुम मार्फत अनलाइन पत्रकार सम्मेलन एनआरएनए एनसिसि यसबारे जानकारी गराएको हो ।

कोभिड–१९ भाइरसका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिमा यसको संक्रमणवाट जोगिन सामाजिक दुरी कायम गर्नु अहिलेको मुख्य आवश्यकतालाई ध्यानमा राखि अनलाईनको माध्यमबाट नै साधारण सभा गर्न लागिएको एनसिसिले जनाएको छ ।

संचार संयोजक सतिश चापागाईं मोडरेट रहनु भएको पत्रकार सम्मेलनमा आउँदो जुलाई ३ देखि ५, २०२० सम्म गर्न लागिएको उक्त सम्मेलनमा बोर्डका पदाधिकारी र बार्षिक साधारण सभा तथा नेस्नल नलेज कन्भेनशन तयारी समितिका पदाधिकारीहरुले तयारीको बारेमा जानकारी गराउनु भएको थियो । उक्त सम्मेलनमा बोल्नु हुदै एनआरएनए एनसीसी अमेरिकाका नअध्यक्ष सुनील साहले यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो ।

उहाँले वर्तमान नेतृत्वलाई संसारको परिस्थिति देखाएर साधारण सभा नगर्न धेरै सुझाब आएपनि आफुहरुले सजिलो बाटो नखोजेर जोखिमको बाटो अबलम्बन गरेको जानकारी दिनुभयो । पत्रकारहरुसंग बोल्दै साहले सबै कुरा नयाँ छन, चुनौतीपूर्ण छन र साथसाथमा यी सबै अवसर हुन् भनेर हामी सक्रियताका साथ अगाडी बढेका छौ भन्नुभयो ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तथा आसन्न साधारण सभाका कन्भेनर डाक्टर अर्जुन बन्जाडेले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो । आफुहरुले शुरुमा कसरी सम्भव होला र भनेर शुरु गरेको काममा धेरै नै मेहेनत गरेर अब त जसरी पनि गरिन्छ भन्ने स्थितिमा पुगेको उहाले बताउनुभयो । उहाँले साधारण सभा र ज्ञान सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रि माननीय प्रदीप ज्ञवालीले नेपालबाट नै गर्नुहुने जानकारी दिनुभयो ।

साथै, आईसीसीका अध्यक्ष कुमार पन्त लगायतका बिशेष अतिथिहरुले निमन्त्रणा स्विकारिसक्नु भएको पनि जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो । यो पटकको साधारण सभामा बिधानका केहि कुराहरु संशोधन गर्न लागिएको र प्रक्रिया अनुरुप सदस्य माझ लैजाने तयारीमा आफुहरु रहेको उपाध्यक्ष तथा बिधान समितिका संयोजक बिआर लामाले जानकारी दिनुभयो । उपाध्यक्ष लामाले प्रक्रिया अनुरुप आफुहरुले साधारण सदस्यदेखि विज्ञहरुसम्मले पठाएका सुझाब र सल्लाहलाई संकलन गरेको साथै सबैको आवाज सुनुवाई होस् भन्नेगरि काम गरिरहेको पनि जानकारी दिनुभयो ।

महासचिव पशुपति पाण्डेले संस्थाका सबै सदस्यहरुले एकैपटक सहभागी हुन् सक्नेगरि तयारी गरेको जानकारी दिनुभयो । भौतिक रुपमा उपस्थितिमा हुने कार्यक्रम भन्दा भर्चुअल उपस्थितिमा हुने कार्यक्रम गर्न धेरै मेहेनत गर्नुपरेको अनुभव पनि पाण्डेले सुनाउनु भयो । सबै स्थान र सबैको चाहना अनुसारको समय ब्यबस्थापन गर्न अलिक अफ्ठेरो परेको उहाले बताउनुभयो ।

उहाँले पत्रकार सम्मेलन मार्फत सबै सदस्यहरुलाई जुलाईको १ तारिख भित्र नै अन्लाईन रजिस्ट्रेशन गर्न सार्बजनिक अनुरोध गर्नुभयो । रजिष्टरको समय सकिए पश्चात रजिष्टर भेरिफाई गरेर सदस्यता नभएका व्यक्तिले रजिष्टर गरेको अवस्थामा उक्त व्यक्तिको नाम हट्ने र एक व्यक्तिले रजिष्टर गरेर उक्त व्यक्तिलाई गएको लिँक अर्को व्यक्तिलाई दिएमा पहिलो रजिष्टर गरेको व्यक्ति स्वत उक्त कार्यक्रममा उपस्थित हुन नपाउने व्यवस्था गराईने भएकाले आफ्ना लागि स्वयँमले नै रजिष्टर गर्नु पर्ने बताईएको छ ।

अहिलेको साधारण सभा रजिष्टर गरेको सँख्याको भरमा व्यक्तिको गणना हुने र साधरण सभा सँचालन हुने बताईएको छ । यस साधारणसभाकै अवसरमा अमेरिकावाट सुरु भएको ज्ञान सम्मेलनको निरन्तरतालाई विशेष जोड दिई ज्ञान सम्मेलन समेत समावेश गरिएको छ । सम्मेलनमा विभिन्न शिर्षकमा रहेर विषयगत छलफलहरु हुने कुरा को जानकारी नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले गराउनु भयो ।

संयोजक डाक्टर तारा सिग्देलले आफुहरुले आठ वटा सिम्फोजियम र चार वटा टाउन हल छलफलको लागी तयारी गरेको जानकारी दिनुभयो। हामीले पढेर ज्ञान पाएकाहरुका साथै लामो समय काम गरेर अनुभवले ज्ञान हासिल गरेकाहरुलाई पनि छलफल सहभागी बनाउन लागेको जानकारी दिनुभयो । यो समितिका सदस्यहरु सतिश त्रिपाठी र डाक्टर राजेन्द्र पंगेनीले पनि कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी यो तिन दिनको सम्मेलनको प्राबिधिक पाटोका बारेमा आईटी समितिका संयोजक पशुपति पाण्डे, सहसंयोजक दधि ढुंगाना र सदस्य पदम भण्डारीले प्रकाश पार्नु भएको थियो। उहाँहरुले सदस्यको सूचना सुरक्षालाई प्राथमिकतामा राखेर उहाँहरुको अधिकारलाई प्रदान गर्न हरसम्भव प्रयास गरिएको जानकारी दिनुभयो। यति धेरै संख्याका सहभागीहरुको अन्लाईन सम्मेलनको प्राबिधिक तयारी गर्नु सजिलो नभएपनि आफुहरुले धेरै नै समय खर्च गरेर अमेरिकाका नेपालीहरुले गौरब गर्न लायक काम गरिरहेको विश्वास पनि सह संयोजक दधि ढुंगानाले पत्रकार सम्मेलनमा ब्यक्त गर्नुभयो।

यता साधारण सभाका लागि तयारी भैरहदा बिभिन्न समिति तथा टास्क फोर्सहरु पनि तयारीमा जुटेका छन् । अनलाईन मार्फत हुने यो साधारण सभा तथा नेसनल नलेज कन्भेन्सनमा एनआरएनसिसि द्धारा गठित करिव २० वटा कमिटी तथा टास्कफोर्सहरूले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दैछन् । जुलाई ४, २०२० शनिबार को दिन दिउसो ११ः३० बजे देखि १४: ४० बजे ईस्टर्न टाईममा उक्त प्रतिबेदनहरू प्रस्तुत गरिने कार्यक्रम रहेको बताईएको छ ।

एनआरएनएको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा नेसनल नलेज सेयरिंग कन्फरेंन्सको लागि बिभिन्न ५ वटा सेसनहरू समानान्तर रूपमा दिनभरी नै हुने बताइएको छ । नेसनल नलेज सेयरिंग कन्फरेंसको मुख्य बक्ताका रुपमा नेपालका ख्यातिप्राप्त मुटु शल्य चिकित्सक डा. भगवान कोईराला आउनुहुने एनआरएनए एनसिसि अमेरिकाले जानकारी दिएको छ । डा. कोईरालाले उक्त जुलाई ४ का दिन बिहान ११ः०० बजे देखि ११ः३० बजे ईस्टर्न टाईममा आफ्नो धारणा राख्नुहुनेछ ।

“कमिटी तथा टास्कफोर्स सिम्पोसियम” का चेयर तथा एनआरएनए अमेरीकाका बोर्ड अफ डायरेक्टर सत्य चौधरीका अनुसार बिभिन्न कमिटी र टास्कफोर्सहरूका अध्यक्ष तथा पदाधीकारीहरूले आफ्ना कमिटीका उदेश्य, हाल सम्म भएका कामहरू र भबिश्यमा गर्न लागेका अल्प र दीर्घकालीन कार्ययोजनाहरूका बारेमा प्रकाश पार्नुहुनेछ ।

युवा संयोजक बिनोद रूवाली र बिध्यार्थी टास्कफोर्सका संयोजक त्रिभुवन पान्डेले आ(आफ्ना कमिटीका प्रगति प्रतिबेदन युवा तथा बिद्यार्थीहरूको लक्षित गरी आयोजना भईरहेको टाउनहल कार्यक्रममा प्रस्तुत गर्नुहुनेछ भने अन्य १९ कमिटीका प्रतिबेदनहरू दुई सेसन गरेर हुने जनाईएको छ । -जिएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस