गृहपृष्ठ ∕ समाचार ∕ बेल्जियम प्रहरीद्वारा युरोपियन सांसदलाई मानहानी मुद्दा बेल्जियम प्रहरीद्वारा युरोपियन सांसदलाई मानहानी मुद्दा एजेन्सी असार १७, २०७७ गते २१:३७ मा प्रकाशित ब्रसेल्स – बेल्जियमको राजधानी ब्रसेल्सको प्रहरी बिभागले युरोपियन संसदकी सदस्य पिएरेट हर्जबर्गर फोफाना बिरुद्ध संगठनको मानहानी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।अफ्रिकी मुलकी साँसद फोफानाले ब्रसेल्सको उत्तरी रेल स्टेसनमा प्रहरीले आफुलाई दुर्व्यबहार र जबर्जस्ती गरेको र उक्त कार्य नस्लबादी भएको आरोप लगाएकी थिईन । १७ जुनमा भएको युरोपियन संसदको बैठकमा आफ्नो भनाइ राख्दै उनले प्रहरीले अफ्रिकी मुलका किशोरहरुलाई अनाबस्यक बल प्रयोग गरेको भिडियो रेकर्ड गर्न लाग्दा अपशब्द प्रयोग गर्दै दुर्व्यबहार गरेको बताएकी थिइन ।युरोपले स्वीकार गरेको बहु सान्स्कृतिक समाज बिरुद्धको प्रहरी कार्यबाहीको भ्रत्सना गरिएको उनको सम्बोधनलाई समकक्षी सांसदहरुले लामो तालीको गडगडाहट सहित् उत्साहपूर्ण प्रतिकृया दिएका थिए । युरोपियन संसदमा लागेको आरोप सत्य नभएको र त्यसबाट प्रहरी संगठनको छबी खराब भएको भन्दै प्रहरीले फोफानालाई मानहानीको मुद्दा लगाएको हो ।फोफानाका वकिल एलेक्सिस देस्वाफले प्रहरीको आरोप आफ्नो दोष लुकाउन गरिएको प्रपोगन्डा भएको र उसको यस्तो कार्य कुनै नौलो नभएको प्रतिकृया दिएका छन । आफु सँग बसेल्स प्रहरीको नस्लबादी सोचले ग्रसित झुट्टा मुद्दा र मानबअधिकार हननका सयौ फाइलहरु भएको र तथ्य , प्रमाणको आधारमा प्रहरीले गरेको गल्तीमा अदालतले दन्ड गर्ने आशा ब्यक्त गरे ।संयुक्त राज्य अमेरिका लगायत संसार भर चली रहेको ब्ल्याक लाइब्स म्याटर आन्दोलनका बेल्जियन अगुवहाँरुले पनि बेल्जियन प्रहरीले नस्लबादी ब्यबहार गरेको आरोप लगाउदै आएका छन । रङभेद बिरुद्धको अभियानमा सकृय ग्रीन पार्टीकी सान्सद फोफानाले पत्रकारहरुलाई प्रतिकृया दिदै आफुले आवाज बिहिनको आवाज युरोपियन संसदमा बोलेको र यो आफ्नो कर्तब्य भएको बताएकी छिन् ।उनी युरोपियन पार्लियामेन्टमा जर्मनीबाट प्रतिनिधित्व गर्ेर सांसद भएकी हुन । – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल