गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो सुर्य बहादुर खवास असार १७, २०७७ गते २१:३० मा प्रकाशित यूएई – काेराेना भाईरस माहामारी सँगसँगै विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीहरूका लागि संचालन गरेको चार्टड उडानहरू पर्याप्त नभएकाे भन्दै अन्तराष्ट्रिय उडानहरू खुल्ला गर्न नेपाली समाज युएईले युएईका लागि नेपाली दूतावास मार्फत हिजो सोमबार नेपाल सरकारको ध्यानाकर्षण गराउदै अन्तरास्ट्रिय उडान खुल्ला गर्न अनुरोध पत्र बुझाएको छ ।नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल तथा महासचिव वेद प्रसाद अर्याल द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल यूएईमा २ लाख ७५ हजारकाे हाराहारीमा नेपालीहरू रहेकाे भनिएपनि पर्यटक लगायतका भिसामा आएका करिव ४ लाख जति नेपाली यूएईमा रहेकाे पत्रमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगार, व्यवसाय तथा अध्ययनका शिलशिलामा वार्षिक रुपमा करिब १ लाख २५ हजार नेपाली युएई आउन गरेको देखिन्छ । यसैगरी समग्रमा हेर्दा वैदेशिक रोजगारिमा आउने अधिकांश नेपालिहरुको बसाईको अनुपात र कम्पनीको करार अवधी २ वर्षको हुने हुँदा उल्लेख गरिएको तथ्यांकलाई हेर्दा करिब १५ हजार नेपालीहरु मासिक रुपमा आफ्नो करार अवधी सकाएर स्वदेस फर्कने पत्रमा उल्लेख गरिएको छ ।कोभिड १९ को कारणले युएईमा रोजागर गुमाउने नेपालिहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । तसर्थ अहिलेको अवस्थामा सरकार द्वारा निर्धारण गरिएका चार्टर उडान प्रयाप्त नभएको र तोकिएका चार्टर उडानले स्वदेश फर्कनेहरुको दीर्घकालीन समाधान नहुने भएको हुँदा व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुल्ला गरि सहज रुपमा स्वदेश फर्कने वातावरण बनाउन सरकार सँग अनुरोध गरिएको छ ।नेपाली समाज युएई सन १९९० देखि निरन्तर रुपमा नेपालिहरुको हक हितमा कार्य गर्दै आएको संस्था हो । हाल यो संस्थामा युएईमा कृयाशिल ४४ वटा संस्था आवद्ध रहेका छन । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप