गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईले दूतावास मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझायो सुर्य बहादुर खवास असार १७, २०७७ गते २१:३० मा प्रकाशित यूएई – काेराेना भाईरस माहामारी सँगसँगै विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीहरूका लागि संचालन गरेको चार्टड उडानहरू पर्याप्त नभएकाे भन्दै अन्तराष्ट्रिय उडानहरू खुल्ला गर्न नेपाली समाज युएईले युएईका लागि नेपाली दूतावास मार्फत हिजो सोमबार नेपाल सरकारको ध्यानाकर्षण गराउदै अन्तरास्ट्रिय उडान खुल्ला गर्न अनुरोध पत्र बुझाएको छ ।नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल तथा महासचिव वेद प्रसाद अर्याल द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल यूएईमा २ लाख ७५ हजारकाे हाराहारीमा नेपालीहरू रहेकाे भनिएपनि पर्यटक लगायतका भिसामा आएका करिव ४ लाख जति नेपाली यूएईमा रहेकाे पत्रमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगार, व्यवसाय तथा अध्ययनका शिलशिलामा वार्षिक रुपमा करिब १ लाख २५ हजार नेपाली युएई आउन गरेको देखिन्छ । यसैगरी समग्रमा हेर्दा वैदेशिक रोजगारिमा आउने अधिकांश नेपालिहरुको बसाईको अनुपात र कम्पनीको करार अवधी २ वर्षको हुने हुँदा उल्लेख गरिएको तथ्यांकलाई हेर्दा करिब १५ हजार नेपालीहरु मासिक रुपमा आफ्नो करार अवधी सकाएर स्वदेस फर्कने पत्रमा उल्लेख गरिएको छ ।कोभिड १९ को कारणले युएईमा रोजागर गुमाउने नेपालिहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । तसर्थ अहिलेको अवस्थामा सरकार द्वारा निर्धारण गरिएका चार्टर उडान प्रयाप्त नभएको र तोकिएका चार्टर उडानले स्वदेश फर्कनेहरुको दीर्घकालीन समाधान नहुने भएको हुँदा व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुल्ला गरि सहज रुपमा स्वदेश फर्कने वातावरण बनाउन सरकार सँग अनुरोध गरिएको छ ।नेपाली समाज युएई सन १९९० देखि निरन्तर रुपमा नेपालिहरुको हक हितमा कार्य गर्दै आएको संस्था हो । हाल यो संस्थामा युएईमा कृयाशिल ४४ वटा संस्था आवद्ध रहेका छन । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !