Techie IT
×
गृहपृष्ठसमाचारभारतले हटाउन खाेजेकाे अभिव्यक्ति दिएसँगै ओलीकाे चौतर्फी आलोचना

भारतले हटाउन खाेजेकाे अभिव्यक्ति दिएसँगै ओलीकाे चौतर्फी आलोचना


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएको अभिव्यक्तिको चौतर्फि आलोचना शुरु भएको छ ।

आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका थिए ।

उनले ‘भारतीय मिडिया सुन्नुभएको होला, प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला गर्दैछन् । कसरी भारतीय राज्य संयन्त्र सक्रिय छ भन्ने बुझ्नुभएको होला ।’ भनेका थिए । उनले भारतको राज्य संयन्त्र नै आफ्नाविरुद्ध सक्रिय रहेको आरोप लगाए । यसै सन्दर्भमा ओलीविरुद्ध समाजिक सञ्जालमा चौतर्फि आलोचना शुरु भएको हो ।

समाजिक सञ्जाल ट्वीटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले ‘प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन लागेको दावी गर्नुभएछ ।जनतालाई कैदमा राखेर भैरहेको स्वेच्छाचारीबाट ध्यान हटाउन उत्तेजक भाषणबाजीको सहायता नलिएकै राम्रो । राष्ट्रिय स्वाधिनताको विषयलाई यति सस्तो नबनाउनु । जनताको आँधी उठेपछी तानाशाहका सत्ताहरु ढलेको इतिहास अध्ययन गर्नुस् ।’ लेखेका छन् ।

प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन लागेको दावी गर्नुभएछ ।जनतालाई कैदमा राखेर भैरहेको स्वेच्छाचारीबाट ध्यान हटाउन उत्तेजक भाषणबाजीको सहायता नलिएकै राम्रो । राष्ट्रिय स्वाधिनताको विषयलाई यति सस्तो नबनाउनु । जनताको आँधी उठेपछी तानाशाहका सत्ताहरु ढलेको इतिहास अध्ययन गर्नुस् ।

— Pradip Paudel (@paudelpradipNC) June 28, 2020

त्यस्तै, जनता समाजवादी पार्टीका नेता सन्तोष मेहताले ट्वीटमा ‘नेकपा का अधिकान्स सांसद भारतीय एसेस्ट छन कि क्या हो ! भारतले प्रधानमन्त्रीलाई हटाउने प्रयास गर्दैछ रे ! एउटै कार्ड कहिलेसम्म र कति पटक खेल्ने भन्या प्रम ज्यु।’ लेखेका छन् ।

नेकपा का अधिकान्स सांसद भारतीय एसेस्ट छन कि क्या हो! भारतले प्रधानमन्त्रीलाई हटाउने प्रयास गर्दैछ रे!
एउटै कार्ड कहिलेसम्म र कति पटक खेल्ने भन्या प्रम ज्यु।

— Santosh Mehta (@santRJP) June 28, 2020

त्यस्तै, विवेकशील नेपाली दल कि युवा नेतृ रन्जु दर्शनाले ट्वीटमा ‘बाचा गरे अनुसारको काम गर्न नसक्ने, हावादारी गफ हान्दै हिड्ने, भ्रष्टहरुको संरक्षण गर्ने, देश बिपत्तिमा परेका बेला समेत चरम लापरबाही गर्ने…. तर आफ्नो कमजोरी ढाकछोप गर्नै पर्ने। ‘दिल्लिले मलाइ सत्ताच्युत गर्न खोज्यो।’ लेखेकी छन् ।

बाचा गरे अनुसारको काम गर्न नसक्ने, हावादारी गफ हान्दै हिड्ने, भ्रष्टहरुको संरक्षण गर्ने, देश बिपत्तिमा परेका बेला समेत चरम लापरबाही गर्ने….. तर आफ्नो कमजोरी ढाकछोप गर्नै पर्ने। “दिल्लिले मलाइ सत्ताच्युत गर्न खोज्यो।”

— Ranju Darshana (@ranjuleads) June 29, 2020

त्यस्तै, साझा पार्टीका नेता सुर्य राज अचार्यले ट्वीटमा ‘सरकारी खर्च कटौतिका लागि कर्मचारीको संख्या घटाउने कुरा आएको थियो। राम्रो कदम हो। तर अरू निकायमा दरबन्दी कटौति गरे पनि बालुवाटारमा केही दरबन्दि थपियोस्। खासगरि प्रधानमन्त्रीले कुन बेला, के र कसरी बोल्ने भन्ने तय गर्ने विज्ञको। अब त उल्कै हुन थाल्यो।’ लेखेका छन् ।

सरकारी खर्च कटौतिका लागि कर्मचारीको संख्या घटाउने कुरा आएको थियो। राम्रो कदम हो। तर अरू निकायमा दरबन्दी कटौति गरे पनि बालुवाटारमा केही दरबन्दि थपियोस्। खासगरि प्रधानमन्त्रीले कुन बेला, के र कसरी बोल्ने भन्ने तय गर्ने विज्ञको। अब त उल्कै हुन थाल्यो।

— Surya Raj Acharya (@SuryaRAcharya) June 29, 2020

त्यस्तै, लेखक सिरोमणि ढुङगानाले ‘भारतले आफुलाई हटाउन चाहेको प्रमको अभिव्यक्तिको बारेमा केही विचारः १. प्रमको यो अभिव्यक्तिमार्फत आफ्नै दलका नेताहरुलाई अविश्वास गरेका मात्रै छैनन भारतको इशारामा चल्छन् भन्ने आशय राखेका छन्। २. नेपालको आन्तरिक राजनीतिमा चर्चा हुन छाडिसकेको भारतीय भुमिकालाई स्पेस दिएका छन्।’ लेखेका छन् ।

भारतले आफुलाई हटाउन चाहेको प्रमको अभिव्यक्तिको बारेमा केही विचार:

१. प्रमको यो अभिव्यक्तिमार्फत आफ्नै दलका नेताहरुलाई अविश्वास गरेका मात्रै छैनन भारतको इशारामा चल्छन् भन्ने आशय राखेका छन्।
२. नेपालको आन्तरिक राजनीतिमा चर्चा हुन छाडिसकेको भारतीय भुमिकालाई स्पेस दिएका छन्।

— Siromani Dhungana (@siromanid) June 28, 2020

त्यस्तै, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोबिन्द राज पोखरेलले ‘हामीसँग द्विपक्षीय मुद्दाहरू बिभिन्न च्यानलहरू प्रयोग गरेर संवादबाट सुल्झाउनु पर्छ, यद्यपि हाम्रो प्रधानमन्त्रीले नजिकको छिमेकीको उल्लेख गरेको अव्यवहारिक व्यवहार अफसोसजनक छ। खाली राष्ट्रवादको प्रयोगबाट कसैले चुनाव जित्न सक्छ तर यो देश चलाउन सक्दैन’ लेखेका छन् ।

We have bilateral issues to be resolved thru dialogue using different channels, however, undiplomatic behaviour demonstrated by our prime minister mentioning a closest neighbour is regrettable. Using hollow nationalism one can win an election but definitely can’t run this country

— Govind Raj Pokharel (@grpokharel) June 29, 2020 – जिएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस