चीनमा अर्को भाइरस फेला, वैश्विक महामारी बन्न सक्ने सम्भावना
चीन – चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । ‘तत्कालै यो समस्या होइन,’ उनीहरु भन्छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ ।’
प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिहरुले भनेका छन्, यो नयाँ भाइरस हो र यसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ या नहुन पनि सक्छ । यो भाइरसलाई सुँगुरमा नियन्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने र सुँगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीको नजिकबाट निगरानी गर्नुपर्ने उनीहरु बताउँछन् ।
अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरु इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भावित रोगहरुका बारेमा पनि अध्ययन गरिरहेका छन् । सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभन्दा कम खतरनाक रहेको पाइएको थियो । किनभने यसको भाइरस त्यसअघिका फ्लुका भाइरससँग मिल्दोजुल्दो रहेको र धेरै वृद्धवृद्धासँग यसविरुद्ध प्रतिरोधात्मक शक्ति रहेको पाइएको थियो ।
ए/एचवानएनवान पीडीएम०९ नाम दिइएको उक्त भाइरसविरुद्ध खोपलाई अहिले वार्षिकरुपमा दिइने खोपमा समावेश गरिएको छ ।
चीनमा फेला परेको फ्लुको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लुसँग् मिल्दो जुल्दो रहेको छ तर यसमा केही फरकपन रहेको छ ।
तत्काललाई यसले ठूलो खतरा प्रस्तुत गरेको छैन तर प्राध्यापक किन चाउ चाङ र उनका समकक्षीहरु यसमाथि नजर राखिराख्नुपर्ने बताउँछन् । अध्ययनकर्ताहरुले उक्त भाइरसलाई जी४ ईए एनवानएनवान नाम दिएका छन् र यो मानिसको श्वासप्रश्वासको नलीको कोषमा बढ्न र वृद्धि हुन सक्छ ।
यो भाइरसले सुँगरको उद्योगमा काम गर्ने केही व्यक्तिलाई संक्रमित गरेको पाइएको छ । अहिलेको फ्लुको खोपले यसविरुद्ध काम नगर्ने देखिन्छ ।
बेलायतको नटिङहाम विश्वविद्यालयमा कार्यरत प्राध्यापक किन चाउ चाङ भन्छन्, ‘हाम्रो ध्यान कोरोनाभाइरसमा छ तर यस्तो बेला अन्य सम्भावित खतरनाक भाइरसलाई नजरअन्दाज गर्न हुँदैन । यो भाइरस अहिले खतरा नभए पनि यसलाई बेवास्ता गर्न हुँदैन ।’ – बीबीसी
क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
तपाईको प्रतिक्रिया दिनुहोस