गृहपृष्ठ ∕ समाचार ∕ जिल्ला प्रशासन कार्यालय दाङले दियो भारतीय नागरिकलाई वंशजको नागरिकता जिल्ला प्रशासन कार्यालय दाङले दियो भारतीय नागरिकलाई वंशजको नागरिकता दीप संञ्चार असार १४, २०७७ गते २१:५६ मा प्रकाशित दाङ – गलत विवरण पेश गरेर दाङमा एकजना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको वर्षपछि रहस्य खुलेको हो ।नेपाली नागरिकता लिने भारतको उत्तरप्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भएका २५ वर्षीय विशाल गुप्ता पटवाल अहिले पूर्पक्षको लागी कारागार चलान भएका छन् । ०७७ जेठ १३ गते उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो ।असार ८ गते गुप्तालाई जिल्ला अदालतले पूर्पक्षको लागी कारागार चलाउन गरेको छ । भारतीय नागरिक गुप्ताले मितबहादुर दमाइको नामबाट ०७५ मंसिर २५ गते ५२–०१–०७५–०४०५२ वंशजको नागरिकता प्राप्त गरेका थिए । उनले घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गदा निवासी हिरालाल दमाइको छोरा बनेर नागरिकता लिएको पाईएको छ । गुप्ताबाट भारतीय विशिष्ट पहचान प्राधिकणले जारी गरेको कार्ड समेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।दमाइका जेठा छोरा हिरालाल भारतमा काम गर्न गएका छन् । तर, हिरालालले गुप्तालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाएका थिए । प्रहरीले हिरालाल दमाई सहित घोराही उपमहानगरपालिका वडा नं। ३ का वडा अध्यक्ष माधव चौधरी, वडासचिव पद्मप्रसाद रेग्मी, कर्मचारी त्रिपुरा खड्का र सामाजिक परिचालक लिला अधिकारीविरुद्ध मुद्दा गरेको छ । नागरिकता लिने विशाल गुप्ता बाहेक अन्य पाँचै जना फरारको सूचीमा छन् । आरोपित विशालले आफु भारतीय नागरिक भएको र गलत विवरण पेश गरेर नागरिकता लिएको प्रहरी समक्ष वयान दिएका छन् ।घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसको आधारमा नागरिकता प्राप्त गरेका थिए । बंगलाचुली गाउँपालिका वडा नं. ३ बाट बसाईसराईको विवरण पेश गरेर सिफारिस बनाएका थिए । घोराहीमा मजदुरी गर्दै आएका बिशालले चार वर्षअघि सम्झना नेपालीसँग विहे गरेका थिए ।बिहेपछि एउटा बच्चा जन्मियो । अननि बच्चाको जन्मदर्ता गराउन र आफ्नो विहे दर्ता गराउन खोज्दा नभएपछी सम्झनाले मित मामा नाता पर्ने हिरालाल नेपालीलाई जसरी पनि नागरिकता बनाइदिन अनुरोध गरिन् । अनी हिरालालले आफ्नो छोरा बनाएर नागरिकता दिलाइदिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु