देशलाई प्रतिकूल परिस्थितिबाट मुक्त नगराइ प्रधानमन्त्री पदबाट हट्दैन : ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रतिकूल परिस्थितिबाट देशलाई मुक्ता नगराइ प्रधानमन्त्री पदबाट नहट्ने बताएका छन्।
जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तिका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कसैलाई हतारो हुँदैमा जिम्मेवारी छोडेर नहिँड्ने बताएका हुन्।
चीनसँग पारवहन सम्झौता गरेर फर्किएपछि तत्कालीन सरकार ढलेको भएपनि अहिलेको परिवेश त्यस्तो नभएको ओलीको तर्क थियो।
‘अहिले नक्सा जारी भयो, संविधान संशोधन भयो, त्यस्तो अपराध गरेको भनेर अहिले सरकार ढाल्न भित्रभित्रै लागेका छन्,’ ओलीले भने, ‘नेपाल राष्ट्रियता यति कमजोर छैन, जसले प्रधानमन्त्रीलाई हटाउन सक्छ, त्यसैले कसैले हतारो नगरेपनि हुन्छ।’
ओलीले आफूलाई प्रधानमन्त्री पदमा बसि रहन मन नभएको दावी गरे। उनले आफू हटेको भोलिपल्ट राष्ट्रियतामाथि खतरा उत्पन्न हुने जिकिर गरे।
‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहने मन छैन, तर म हटेपछि भोलिपल्ट देशका लागि कसैले बोल्ने छैन, अतिक्रमित भूमि फिर्ता त परको कुरा,’ ओलीले भने, ‘तर, नक्सा छाप्ने कुरा मात्रै होइन, फिर्ता नलिइ छोड्दैनौं।’
नेपालमा सरकार परिवर्तन गर्नका लागि भारतीय राज्यसत्ता परिचालित भएको ओलीको दावी छ। उनले भारतीय मिडियाले १०–१५ दिनमै नेपालमा सरकार फेरिने भनेर अफवाह फैलाएको टिप्पणी गरे।
भारतीय पक्षको प्रचारवाजीमा ‘केही’ नेपालीले नै साथ साथ दिएको आरोप ओली लगाए। प्रचार गरिएको जस्तो सरकार बदलिने सम्भावना नरहेको बताए।
‘भारतको राज्यसत्ता अचम्मले परिचालित भएको छ, भारतीय मिडियाले १०–१५ दिनमै नेपालमा सरकार फेरिने गरेको तपाईहरूले सुन्नु भएकै छ,’ ओलीले भने, ‘नेपालका केही मान्छे उतैतिर लागेका छन्, नागरिकता नेपालको छ, तर्क उताको छ।’
ओलीले भारतले सन् १९६२ देखि कालापानीमा सेना राखेर त्यहाँ नेपालीको प्रवेश रोकेको बताए। ‘१९६२ देखि सेना राखेको छ, अनि कसरी जाने?,’ ओलीले भने।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
 - २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
 - ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
 - ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
 - ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
 - ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
 - ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
 - ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
 
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
 - कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
 - एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
 - ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
 - नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
 - गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
 - एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
 - एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
 
तपाईको प्रतिक्रिया दिनुहोस