बेलायतबाट कोरोनाका कारण रोकिएका नेपाली दोश्रो चरणमा ८३ जना स्वदेश फर्किए
लण्डन – विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु आज दोस्रोपटक चार्टर फ्लाइटबाट नेपालका लागि उडेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब ८३ जना नेपालीहरु बेलायतको ग्याटवीक एअरपोर्टबाट शुक्रबार दिउँसो नेपालका लागि उडेका हुन् ।
नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एयरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा यसअघि पनि १ सय ४६ जना नेपालीहरुलाई स्वदेश फ़र्काइसकिएको छ ।
करिब ५ सय जना नेपालीहरुले स्वदेश फर्किन आवेदन दिएको भएपनि प्लेन भाडा महँगो भएका कारण धेरैले मनस्थिति परिवर्तन गरेको गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । नेपाल फर्कनेहरुको विदाइका लागि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतिय सचिव तेजेन्द्र रेग्मी, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, जजिरा एयरवेजका लागि नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेन लगायत बेलायतस्थित सामाजिक संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए ।
दुईवटा फ्लाइटबाट २ सय २९ जना नेपालीलाई नेपाल पठाउन सफल भएकोमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले खुसी व्यक्त गरेका छन् ।उनीहरु शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस