गृहपृष्ठ ∕ समाचार ∕ बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु दीप संञ्चार असार १२, २०७७ गते ८:५९ मा प्रकाशित एजेन्सी – भारतको बिहार राज्यमा चट्याङ लागेर आज एकैदिन ८३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ ।त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको जनाइएको छ ।बिहारका करिब २३ जिल्लामा परेको चट्याङबाट ठुलो जनधनको क्षति भएको बीबीसीले जनाएको छ । चट्याङका कारण मृत्युवरण गरेका मृतकका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पूर्व उपमुख्यमन्त्री तथा वर्तमान विपक्षी दलका नेता तेजस्वी यादवले घटनाप्रति दुःख प्रकट गरेका छन् ।बिहार बाहेक उत्तर प्रदेशमा पनि चट्याङ लागेर केही व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यहाँको देवरियामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको भने थुप्रै घाइते भएका छन् ।मौसम विज्ञान विभागका वरिष्ठ वैज्ञानिक आरके जेनामानीले भने– ‘असम, मेघालय, अरुणाञ्चल प्रदेश, बिहार, पश्चिम बंगालको उप हिमालय क्षेत्र र सिक्किममा आगामी ३ दिन भारी वर्षा हुनेछ । यसकारण बाढीको सम्भावना छ । हामीले यसबारेमा केन्द्र र राज्य सरकारलाई सूचित गरिसकेका छौं ।’यसअघि २२ जुनमा राष्ट्रिय आपत व्यवस्थापन प्राधिकरणले बिहार र असमका धेरै जिल्लाहरुका नदीहरुमा बाढी आउने खतरा रहेको चेतावनी दिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारडिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिनेसरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने…घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी…छोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितो धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?