Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छिन् ।

आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले  विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस