गृहपृष्ठ ∕ समाचार ∕ कुवेतबाट दुई चार्टर उडान मार्फत ३०४ जना नेपाल फर्किए कुवेतबाट दुई चार्टर उडान मार्फत ३०४ जना नेपाल फर्किए हरि कृष्ण न्यौपाने असार ११, २०७७ गते २३:३४ मा प्रकाशित कुवेत – कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर आरएनएर्ण२३७७/२३७८ को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर एच९५७१४ को विमान मार्फत १५५ जना नेपालीहरू स्वदेश फर्किएका हुन।यसरी चर्टर उडान मार्फत फर्किनेहरुमा स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु भएको नेपाली राजदुताबासले बिज्ञप्ती मार्फत जनाएको छ।त्यसै गरी गैरकानुनी रुपमा कुवेतमा बस्दै आएका र आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका २९९१ जना मध्ये १५६५ जना नेपाल फर्किएका छन।उनिहरुलाई कुवेतको जजिरा एयरवेजको १० वटा उडान मार्फत कुवेत सरकारले निशुल्क नेपाल पुर्याएको हो भने बाँकीलाई पनि क्रमश लगिने राजादूताबासले जनाएको छ।यसै बिच एनआरएनए एनसिसी कुवेतको अगुवाइमा कुवेतमा भएका विभिन्न नेपाली संघ-संस्थाहरुको प्रतिनिधित्व सहित कुवेतमा समस्यामा परेका नेपाली कामदारहरुलाई सहज रुपमा स्वदेश फर्काउने लगाएतका विभिन्न बिषयहरु समामेबेस गरीएको बिज्ञप्ती दूताबासमा बुझाइएको छ।जुन-२४,२०२० का दिन नेपाली राजदूताबास कुवेतमा गएर दूताबासका कुटनैतिक कर्मचारीहरुको माझमा महामहिम राजदूत दूर्गा प्रसाद भन्डारीलाई ज्ञापन पत्र बुझाउदै विभिन्न बिषयमा छलफल गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारडिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिनेसरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने…घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी…छोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितो धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?