गृहपृष्ठ ∕ समाचार ∕ कुवेतबाट दुई चार्टर उडान मार्फत ३०४ जना नेपाल फर्किए कुवेतबाट दुई चार्टर उडान मार्फत ३०४ जना नेपाल फर्किए हरि कृष्ण न्यौपाने असार ११, २०७७ गते २३:३४ मा प्रकाशित कुवेत – कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर आरएनएर्ण२३७७/२३७८ को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर एच९५७१४ को विमान मार्फत १५५ जना नेपालीहरू स्वदेश फर्किएका हुन।यसरी चर्टर उडान मार्फत फर्किनेहरुमा स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु भएको नेपाली राजदुताबासले बिज्ञप्ती मार्फत जनाएको छ।त्यसै गरी गैरकानुनी रुपमा कुवेतमा बस्दै आएका र आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका २९९१ जना मध्ये १५६५ जना नेपाल फर्किएका छन।उनिहरुलाई कुवेतको जजिरा एयरवेजको १० वटा उडान मार्फत कुवेत सरकारले निशुल्क नेपाल पुर्याएको हो भने बाँकीलाई पनि क्रमश लगिने राजादूताबासले जनाएको छ।यसै बिच एनआरएनए एनसिसी कुवेतको अगुवाइमा कुवेतमा भएका विभिन्न नेपाली संघ-संस्थाहरुको प्रतिनिधित्व सहित कुवेतमा समस्यामा परेका नेपाली कामदारहरुलाई सहज रुपमा स्वदेश फर्काउने लगाएतका विभिन्न बिषयहरु समामेबेस गरीएको बिज्ञप्ती दूताबासमा बुझाइएको छ।जुन-२४,२०२० का दिन नेपाली राजदूताबास कुवेतमा गएर दूताबासका कुटनैतिक कर्मचारीहरुको माझमा महामहिम राजदूत दूर्गा प्रसाद भन्डारीलाई ज्ञापन पत्र बुझाउदै विभिन्न बिषयमा छलफल गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट