गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ टुटेका सपनासँगै दोहाबाट १५८ जना नेपाली लिएर हिमालयन एयरलाइन्स उड्यो (फोटोफिचर) टुटेका सपनासँगै दोहाबाट १५८ जना नेपाली लिएर हिमालयन एयरलाइन्स उड्यो (फोटोफिचर) गए राति कतारबाट २ बच्चा, ३ जना गर्भवती/सुत्केरी सहित १० जना महिला र १४६ पुरुष सहित १५८ जनाले उडान भरेको नेपाली राजदूतावासकी द्वित्तिय सचिव रिचा भट्टराईले जानकारी दिइन् । तिलु शर्मा पौडेल असार ११, २०७७ गते २३:०६ मा प्रकाशित दोहा – कोभिड १९ का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार उडान गर्ने नेपाल सरकारको निर्णय बमोजिम हिमालयन एयरलाइन्सले कतारबाट तेस्रो उद्धार उडान गरेको छ । गए राति कतारबाट २ बच्चा, ३ जना गर्भवती/सुत्केरी सहित १० जना महिला र १४६ पुरुष सहित १५८ जनाले उडान भरेको नेपाली राजदूतावासकी द्वित्तिय सचिव रिचा भट्टराईले जानकारी दिइन् ।असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको अनुरोधमा फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराई प्राथमिकताको सूचिमा परेकाहरू उडेका हुन् ।उक्त उडानमा १५ वर्ष देखि कतारमा कार्यरत धनुषाका रमदुल्ला राउत पनि उडेका छन् । कतार बसाईलाई टुङ्गाएर नेपाल जाने तयारीमा रहेका राउत अचानक प्यारालाइसिसका कारण शरीरको दाहिने भागले काम नगरे पछि ह्विल चियरबाटै राजदूतावास र कतारको कम्पनिलाई धन्यवाद दिँदै बिदा भए । कतार आएको ६ महिनामै स्काफोल्डिङबाट झरेर घाइते भएका नवलपुरका टंक बहादुर पुन जीवनका बाँकी सपना बैसाखीको सहारामा पूरा गर्ने अठोटका साथ कतारमा देखेका सपनालाई तिलाञ्जली दिँदै झितिजबाट विलीन भए ।उक्त उडानका यात्रीहरूलाई बिदाइ तथा शुभ यात्राको कामना गर्न राजदूतावासका तर्फबाट भट्टराईका अलवा तृतीय सचिव जिना अधिकारी, गैरआवासीय नेपाली सङ्घ आइसिसी सदस्य रमेश भट्ट, सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदा, उपाध्यक्ष उत्तम गुरुङ, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतकाहरु एयरपोर्ट पुगेका थिए।यस अघि कतार एयरलाइन्समार्फत ४३ जना आममाफी पाएका र २० नेपालीको शव गई सकेका छन् । पहिलो उद्धार उडान मार्फत १४९ र दोस्रो उडान मार्फत १४५ जना स्वदेश फर्की सकेका छन् । नेपाल एयरलाइन्सले आफ्नो दोस्रो उडान कतारबाट २७ जुनमा गर्ने तय भएको नियोगले जनाएको छ भने हिमालयन एयरलाइन्सको तेस्रो उडान तालिका छिट्टै सार्वजनिक गरिने भएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु