गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ टुटेका सपनासँगै दोहाबाट १५८ जना नेपाली लिएर हिमालयन एयरलाइन्स उड्यो (फोटोफिचर) टुटेका सपनासँगै दोहाबाट १५८ जना नेपाली लिएर हिमालयन एयरलाइन्स उड्यो (फोटोफिचर) गए राति कतारबाट २ बच्चा, ३ जना गर्भवती/सुत्केरी सहित १० जना महिला र १४६ पुरुष सहित १५८ जनाले उडान भरेको नेपाली राजदूतावासकी द्वित्तिय सचिव रिचा भट्टराईले जानकारी दिइन् । तिलु शर्मा पौडेल असार ११, २०७७ गते २३:०६ मा प्रकाशित दोहा – कोभिड १९ का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूको उद्धार उडान गर्ने नेपाल सरकारको निर्णय बमोजिम हिमालयन एयरलाइन्सले कतारबाट तेस्रो उद्धार उडान गरेको छ । गए राति कतारबाट २ बच्चा, ३ जना गर्भवती/सुत्केरी सहित १० जना महिला र १४६ पुरुष सहित १५८ जनाले उडान भरेको नेपाली राजदूतावासकी द्वित्तिय सचिव रिचा भट्टराईले जानकारी दिइन् ।असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको अनुरोधमा फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराई प्राथमिकताको सूचिमा परेकाहरू उडेका हुन् ।उक्त उडानमा १५ वर्ष देखि कतारमा कार्यरत धनुषाका रमदुल्ला राउत पनि उडेका छन् । कतार बसाईलाई टुङ्गाएर नेपाल जाने तयारीमा रहेका राउत अचानक प्यारालाइसिसका कारण शरीरको दाहिने भागले काम नगरे पछि ह्विल चियरबाटै राजदूतावास र कतारको कम्पनिलाई धन्यवाद दिँदै बिदा भए । कतार आएको ६ महिनामै स्काफोल्डिङबाट झरेर घाइते भएका नवलपुरका टंक बहादुर पुन जीवनका बाँकी सपना बैसाखीको सहारामा पूरा गर्ने अठोटका साथ कतारमा देखेका सपनालाई तिलाञ्जली दिँदै झितिजबाट विलीन भए ।उक्त उडानका यात्रीहरूलाई बिदाइ तथा शुभ यात्राको कामना गर्न राजदूतावासका तर्फबाट भट्टराईका अलवा तृतीय सचिव जिना अधिकारी, गैरआवासीय नेपाली सङ्घ आइसिसी सदस्य रमेश भट्ट, सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदा, उपाध्यक्ष उत्तम गुरुङ, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतकाहरु एयरपोर्ट पुगेका थिए।यस अघि कतार एयरलाइन्समार्फत ४३ जना आममाफी पाएका र २० नेपालीको शव गई सकेका छन् । पहिलो उद्धार उडान मार्फत १४९ र दोस्रो उडान मार्फत १४५ जना स्वदेश फर्की सकेका छन् । नेपाल एयरलाइन्सले आफ्नो दोस्रो उडान कतारबाट २७ जुनमा गर्ने तय भएको नियोगले जनाएको छ भने हिमालयन एयरलाइन्सको तेस्रो उडान तालिका छिट्टै सार्वजनिक गरिने भएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप