Techie IT
×
गृहपृष्ठसमाचाररुसकाे काेराेना कहरमा बाँचिरहेका नेपाली

रुसकाे काेराेना कहरमा बाँचिरहेका नेपाली


काठमाडाैं – नेपाली डा. प्रवल प्रधान रुसमा काम गर्छन्। पेसागत जिम्मेवारीका कारण पनि कोरोना भाइरसको महामारीमा प्रधानले निकै चुनौतीपूर्ण काम गरे।

कोरोना भाइरसको महामारीमा बिरामीको उपचार गर्न छोडेनन्। रुसमा रहेका नेपालीलाई केही पर्ला कि भनेर पनि उनी चनाखो रहे।

‘कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिएको थियो, संकट चुलिएको थियो, सबै क्षेत्र लकडाउनका कारण बन्द थिए,’ डा. प्रधानले भने, ‘तर, हाम्रो काम निरन्तर चलिरह्यो।’

डा. प्रधानजस्तै कयौं चिकित्सकले रुसमा नियमित स्वास्थ्यसेवा दिइरहेका छन्। उनीहरू ध्येय एउटा छ- जसरी पनि बिरामीको सफल उपचार गराउनु र कोरोनाको महामारीबाट छिटोभन्दा छिटो पार पाउनु।

नेपालीहरूको उत्कृष्ट शैक्षिक गन्तव्य रुसमा अहिले झन्डै १ हजार ५ सय नेपाली बसोबास गर्छन्। धेरैजसो नेपाली ट्रेडिङ व्यवसायमा छन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीमा रुसले पनि ठूलो आर्थिक क्षति बेहोरिएको छ। करिब ६ लाख रुसी नागरिक कोभिड-१९ को संक्रमणमा पर्दा ८ हजारभन्दा धेरै नागरिकको ज्यान गयो।

कोरोना भाइरसको विश्वव्यापी महामारीमा रुसले पनि ठूलो आर्थिक क्षति बेहोरिएको छ। करिब ६ लाख रुसी नागरिक कोभिड-१९ को संक्रमणमा पर्दा ८ हजारभन्दा धेरै नागरिकको ज्यान गयो।

पछिल्ला केही दिनदेखि जनजीवन सामान्यतर्फ उन्मुख रहेको गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले बताए।

‘अहिले संक्रमणदर घटेको छ, मृत्युदर पनि न्युन छ, जनजीवन सामान्य हुँदै गएको छ, बजार खुल्न थालेपछि परिस्थिति सहज हुने क्रममा छ,’ डा. केसीले भने।

 रुसमा नेपालीको अवस्था :

एनआरएनए उपाध्यक्ष डा. केसीका अनुसार १ हजार ५ सयमध्ये ५ सय जति नेपाली नागरिक रुसका विभिन्न सहरमा बस्छन्।

अधिकांशको डेस्टिनेसन मस्को नै हो। डा. केसीका अनुसार रुसमा अहिले २ सय जति नेपाली विद्यार्थी अध्ययनरत छन्।

‘शैक्षिक वर्षको नयाँ सेसन जुन महिना सकिन्छ, कोभिड प्रकोपका कारण अनलाइनबाटै परीक्षा सम्पन्न भयो, जुलाई-अगस्ट छुट्टीको समय हो,’ डा. केसीले भने, ‘सेड्युलअनुसार अनलाइन क्लास र अनलाइन जाँच भएकाले विद्यार्थीको पढाइको सेड्युल बिग्रिएको छैन।’

रुसमा जुन १ बाट लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ। लकडाउन खुकुलो भएपछि रेस्टुराँबाहेक अरू क्षेत्र खुलिसकेका छन्।

‘नेपालीहरू रेस्टुरेन्ट, होटललगायतका सर्भिस सेक्टरमा संलग्न छन्, ती सेक्टरको बिजनेस खुलेको छैन,’ डा. केसीले भने, ‘त्यसैले केही नेपालीलाई आर्थिक समस्या भएको छ, यद्यपि अवस्था चाँडै सहज होला भन्ने अपेक्षामा सबै छौं।’

एनआरएनए वैदेशिक रोजगार विभागका प्रमुख समेत रहेका डा. केसीका अनुसार रुसमा बस्ने नेपालीहरू होलसेल तथा इलेक्ट्रोनिक्स ट्रेडिङ गर्नेहरू बढी छन्। र, लकडाउन खुकुलो भएपछि ती व्यवसाय खुलिसकेको उनले बताए।

तर, अर्थतन्त्रमा परेको असरका कारण व्यवसायमा मन्दी आएको जानकारी दिँदै डा. केसीले अरू विषय सामान्य रहेको बताए।

रुसमा बस्ने नेपालीहरू अहिलेसम्म सुरक्षित छन्। धेरै फ्रन्टलाइनमा काम गर्ने डाक्टर, नर्स र अन्य क्षेत्रका कर्मचारी भए पनि अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।

दुई जना नेपालीलाई संक्रमण :

रुसमा बस्ने नेपालीहरू अहिलेसम्म सुरक्षित छन्। धेरै फ्रन्टलाइनमा काम गर्ने डाक्टर, नर्स र अन्य क्षेत्रका कर्मचारी भए पनि अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।

डा. केसीका अनुसार दुईजना नेपालीलाई कोरोना संक्रमण देखिएको थियो। तर, दुवै जना नै कोरोनामुक्त भइसकेका छन्।

‘एकजना नेपाली अस्पतालमै भर्ना हुनुभयो, १०-१२ दिनपछि डिस्चार्ज हुनुभयो,’ उनले भने, ‘एक जना घरमै सेल्फ क्वारेन्टाइनमा बस्नुभयो, अहिले दुवै जना पूर्णरूपमा ठीक भइसक्नुभएको छ।’

उच्च सतर्कताले जोगिए नेपाली :

विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरू कोरोना संक्रमणको उच्च जोखिम र ज्यान गुमाइरहेका तथ्यहरू आइरहँदा रुसमा बस्ने नेपाली अहिलेसम्म सुरक्षित छन्।

पर्याप्त पूर्व तयारी र सतर्कताका कारण कोरोना संक्रमणबाट जोगिन सफल भएको डा. केसीले बताए। ‘हामीले सुरुआतदेखि नै यहाँका नेपाली समुदायमा सचेतना अभियान सञ्चालन गर्यौं र सुरक्षित बस्यौं,’ उनले भने।

रुसको राजधानी मस्कोस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समिति तथा नेपाली संघसंस्थाको सक्रियताले नेपालीहरू जोखिमबाट जोगिएका हुन्।

संघले रुसमा रहेका नेपाली डाक्टरको टिमले बनाएर हरेक दिन स्वास्थ्यसम्बन्धी जानकारी दिने, के गर्ने के नगर्ने भन्ने विषयमा सबै नेपालीलाई हरेक दिन परामर्श दिने गरिएको डा. केसीले बताए।

त्यसैगरी, भिसा अवधि सकिएकालाई सहयोग गर्ने तथा अन्य जुनसुकै समस्या भए पनि समाधानका लागि कहाँ जाने भनेर सहजीकरण गरिरहेको गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष शिवमणि भूर्तेलले जानकारी दिए।

‘एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले राहत आवश्यक भएका व्यक्तिको पहिचान गरी वितरण गरेको छ, एनसिसी आर्थिक रूपमा पनि सशक्त छ,’ उनले भने, ‘साथै राहतको विषयमा दूतावाससँग पनि समन्वय गरेर काम अघि बढाइएको छ।’

नेपाल फर्किन चाहने घटे :

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्यसम्बन्ध स्थापना भयो। सन् १९५९ मा दुई देशबीच जलविद्युत आयोजना, सडक निर्माण, चिनी उद्योग, अस्पताल निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो।

त्यो समझदारीसँगै नेपाली विद्यार्थी तथा व्यवसायीले रुसमा लगानीको अवसर पनि पाए। नेपालका चर्चित व्यवसायीहरूको व्यवसाय रुसमा आधारित छन्।

अध्ययनका लागि गएका विद्यार्थीहरू त्यहाँ व्यवसाय गरेर बस्ने गरेका दृष्टान्त पनि छन्। तर, नेपाल फर्किएर आफ्नो करियर अघि बढाउनेहरू पनि प्रशस्तै छन्।

अध्ययनका लागि गएका विद्यार्थीहरू त्यहाँ व्यवसाय गरेर बस्ने गरेका दृष्टान्त पनि छन्। तर, नेपाल फर्किएर आफ्नो करियर अघि बढाउनेहरू पनि प्रसस्तै छन्।

कोरोना भाइरसको प्रकोप बढेपछि केही व्यवसायीसहित धेरै विद्यार्थीले नेपाल फर्किनका लागि दूतावास र एनआरएनएमा आवेदन दिएका थिए।

‘दूतावास र एनआरएनएले पहिलो चरणमा झन्डै ३ सय ५० जना नेपालीले नाम टिपाएको थियो, त्यतिबेला संक्रमणको रेट उच्च थियो, एकैदिनमा ११ हजारलाई संक्रमण भएको स्थिति थियो,’ डा. केसीले भने, ‘अहिले स्थिति फरक छ, संक्रमण घट्यो, व्यवसाय पनि खुल्यो, त्यसैले अहिले नेपाल फर्किन चाहने घटेका छन्।’

संघले केही दिनअघि नेपाल फर्किन चाहनेको नाम पुनः संकलन गरेको थियो। डा. केसीका अनुसार पछिल्लो पटक संकलित तथ्यांकमा २०-२५ जनाले मात्रै नाम टिपाएका छन्।

‘स्थिति सहज भएपछि धेरैजसो काममा फर्किएका छन्, नगन्य मान्छेमात्रै नेपाल फर्किने मनस्थितिमा रहेको पाइयो, एक विमान पनि भरिँदैन,’ उनले भने, ‘चार्टर्ड गरेरै नेपालीलाई फर्काउने गरिएको संख्या छैन, नियमित आउने–जाने प्लेन खुलेपछि पठाउन सकिने अवस्था बनेको छ।’ -जिएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस