गृहपृष्ठ ∕ समाचार ∕ क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या, मानसिक समस्या रहेको हुन सक्ने क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या, मानसिक समस्या रहेको हुन सक्ने दीप संञ्चार असार ११, २०७७ गते २१:१४ मा प्रकाशित तनहुँ – जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । हाल उक्त क्वारेन्टिनमा चार जना बाँकी छन् ।“ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युुदेशभर १३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १२ जनाको मृत्युनक्कली पिसीआर रिपोर्ट बनाउने २ जना पक्राउशलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट तुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु देशभर १३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १२ जनाको मृत्यु सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता मन्त्री आलेविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने बतास समूहको तयारी नक्कली पिसीआर रिपोर्ट बनाउने २ जना पक्राउ ‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ -मुख्यमन्त्री राई ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन ओलीपछि प्रचण्ड भेट्न खुमलटार पुगे शेखर कोइराला