गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरंतर नि:शुल्क खाधान्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक आज भव्यता का साथ सम्पन्न।
न्युयोर्क – गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व खाधान्न वितरण कार्यक्रम अन्तिम पटक आज, मंगलवार, जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न भएको छ।
क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लि सँग सहकार्य गरी निशुल्क खाधन्न वितरण गरिएको हो। वहाले यसै फाउण्डेशन लाई १०० बक्स-२० पाउण्डको प्रत्येक बक्स, जम्मा २००० पाउण्ड (ड्राइ फुड) ग्रोसरि सहयोग स्वरुप प्रदान गर्नु भएको थियो भने क्वीन्स डेमोक्र्याट नेत्री याना हेनरिक्वेज वाट १ लिटरको माउन्टेन डिउ पेय पदार्थ १२० वटा बोत्तल र १० बक्स-२० पाउण्डको प्रत्येक बक्स,जम्मा २०० पाउण्ड गरी जम्मा खाधन्न २ हजार २ सय पाउण्ड, लगभग २०० जना नेपाली लगायत सबै समुदायका मानिसहरुलाई वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।फाउण्डेशनकै कार्यालय(७२ – २४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्क) अगाडी बाट प्रथमतः का आधारमा लाईन अनुसार सामाजिक दुरी मा क्रमश: वितरण गरियो।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त खटिनु भएको थियो भने रेखा श्रेष्ठ, नविना श्रेष्ठ, कल्पना दाहाल, भावना सीमखडा, ईन्डीयन कम्युनिटी वाट सत्नाम लाल सिहं लगायत स्वयमसेवी रुपमा सहयोग गरेका थिए।
यसै कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य राम चन्द्र अधिकारी, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमाल्हमो, आदिवासी जनजाति महासघं अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कलाकार मधुर गिरी, पुष्कर बराल, रूपान्तरण मेडियाका सञ्चालक अंकुर लुइँटेल, नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदि, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, एन आर एन अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी लगायत को उपस्थिति रहेको थियो।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लि र याना हेनरिक्वेज लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस