Techie IT
×
गृहपृष्ठसमाचारएन आर एन ए स्पेनको कार्यालयमा जे देखीयो

एन आर एन ए स्पेनको कार्यालयमा जे देखीयो


स्पेन – ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद स्पेनको बार्सिलोनामा रहेको कार्यालयमा संघले कोविड- १९ बाट पीड़ित बनेका पिडितहरूको राहतको लागी खाद्यान्न सामाग्री वितरण गर्दै गर्दा राईट नेपाल मिडियाले त्यहाको वस्तुस्थिति बुझेर संघका पदाधिकारीहरूसग कुराकानी गरेको छ ।

पिडीतका लागी राहत वितरण गर्न प्रत्येक सोमबारको साँझ ५ वेज देखी ८ बजे सम्म छुट्याईएको समयमा पुग्दा कोषाध्यक्ष गोविन्द तिमील्सिना, सदस्य विदुर गौतम, अर्का सदस्य शालिकराम डुम्रे( राहत वितरण संयोजक)ले मिडिया कर्मी भोला लामीछाने र हाम्रो नेपाल हामी नेपाली सामाजिक संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्री लाई स्वागत गर्दै कार्यालयमै आई संघले गरेका गतिविधिहरूको चासो राखेकोमा धन्यवाद ब्यक्त गरे ।

केही समय पछी संघका मनोनीत सल्लाहकार अर्जुन आचार्य संघको कार्यालयमा प्रस्थान गरे संघले स्पेनमा पेपर नभएका ,आपत परेका, एन आर एन पदाधिकारी हरूसग सम्पर्कमा आएका र एन आर एन कार्यालयमा राहतको लागी आउने जो कोहीलाई पनी रित्तो नफर्काएको दोस्रो चरणको राहत वितरण गर्दै गर्दाको स्थिती उनले बताए । पहिलो चरणमा गरिएको राहत वितरणको बारेमा बुझ्दा अध्यक्ष ज्यूको पसलबाटै राहत वितरण गरिएको थियो र त्यो समयमा नेपाली जनसम्पर्क समिती स्पेन एन आर एन संग सगै मिलेर एकद्वार प्रणाली बाट राहत वितरण नगरी आफै कस्सिएको थियो ।

एन आर एन स्पेनको दोस्रो चरणको राहतमा आईपुग्दा जनसम्पर्क समिति पनी समेटिएको थियो । यो क्रममा एन आर एन स्पेनले अप्रिल १ तारीख बितरण गर्ने भनिएको राहत वितरण गर्न सकेन यसको मुख्य कारण भनेको बैठक बस्दै समय बितेको र बैठकमा राहत कमिटीमा को कुन कुन पदमा रहने भन्ने निचोड निकाल्दैमा बैठक गर्दै ढिलो गरिएको बताईएको छ ।

पहिलो चरणमा एन आर एन स्पेनले १२० जनालाई खाद्न्न राहत बितरण गरेको संयोजकले बताए । एक जनालाई पाच किलो लार्गो (सस्तो चामल) चामल दुई केजी दाल, सहीत एक लिटर तेल ,नुन एक प्याकेट , पास्ता १ पिस गरेर वितरण गरिएको उनले बताए ।

दोस्रो चरणमा ८५ जनालाई राहत बितरण गरिएको छ । तर यी ८५ जना पहिलो चरणमा राहत पाउने १२० मध्य पिडित हरूनै दोहोरिएका हुन । संघले आफ्नै कार्यालयबाट राहत वितरण गर्न भनेपछी त्यही नजिकका पिडितहरूले मात्र पहिलो दोस्रो र तेस्रो पटक सम्म दोहोर्याएर राहत लगेको संयोजक शालिक राम डुम्रे ले बताए । यो क्षेत्रीय समितीहरू बाहेक को हिसाब हो उनले थपे ।

यसैगरी फुन्दासियो बांक डेल्स आलिमेन्स् ( खाद्यन्न राहत संस्था) स्पेनिस संस्था बाट सहयोग १ सय जना ब्यक्ति तथा २० बालबालिकाका लागि सबै खाद्यान्न समाग्रीहरु समेत एनआरएनए स्पेनमार्फत नै बितरण गरिएको भनेर एन आर एन ले सुचना दिएको बारे कोषाध्यक्षले करिब करिब १० जना जतीलाई मात्र बितरण गरिएको बताएका छन् ।

राहतको यातायात समितीले घरघरमा पिडितहरूका लागी जोखीम मलेर राहत वितरण गर्न सक्दैन, लक डाउनको समयमा कोही बाहीर निस्कने अवस्था थिएन त्यस कारण हामीले राहत घरघरमा लगेर वितरण गर्न नसकेका हौ, मिडीयामा आएको ट्रेन पासको कुरा टिकट दोहोरो तर्फको ४ यूरो ७० सेन्ट ( एक जोन) को लाग्छ यो सत्य हो तर हामीले त्यो अफ्ठ्यारो समयमा सहज गर्न सकेनौ ब्यबस्थापन समितीको पहिल्यै बैठकले निर्णय गरिसकेकोले हामीले केही परिवर्तन गर्न सक्ने वातावरण तयार नभएको चाही हो वितरण संयोजक डुम्रेले बताए ।

यसैगरी आजका मितीसम्म कती राहत वितरण गरियो आर्थिक पाटोको बारेमा प्रश्न गर्दा यो बिषयमा छिटै समितीको माथी बैठक बसेपछी हामीले एन आर एन को फ़ेसबुक पेजबाट सार्वजनिक गर्ने छौ । केही समय धैर्य गर्नुस । संघकै कोषाध्यक्षको यस्तो जवाफ पछि हामी फर्कियौं। -जिएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस