गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति भण्डारीद्वारा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक आह्वान राष्ट्रपति भण्डारीद्वारा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक आह्वान दीप संञ्चार असार १०, २०७७ गते २०:२० मा प्रकाशित काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषयमा छलफल गर्नका लागि शीर्ष नेताहरूको बैठक आह्वान गरेकी छिन्।राष्ट्रपति कार्यालयका अनुसार भण्डारीले बुधबार साँझ ५ बजे उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन्।छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित विभिन्न राजनीतिक दलका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ।‘नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछिको परिवेश, कोभिड–१९ प्रकोप लगायत पछिल्ला राजनीतिक घटनाक्रममाथि छलफल हुन लागेको हो,’ राष्ट्रपतिको सचिवालयले भन्यो।सचिवालयका अनुसार पछिल्ला राजनीतिक घटनाक्रममा राष्ट्रिय एकता कायम गर्ने तथा देशमा कोभिड-१९ प्रकोपले उत्पन्न परिस्थितिका सन्दर्भमा पनि छलफल हुनेछ।‘सम्माननीय राष्ट्रपतिज्यू, अभिभावकीय दायित्वअनुसार विभिन्न समयमा विभिन्न क्षेत्रका शीर्ष नेतृत्वसँग छलफल गरिरहनु भएको हुन्छ, त्यसैको निरन्तरताका रुपमा यो छलफललाई लिन सकिन्छ,’ सचिवालय स्रोतले भन्यो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै