गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति भण्डारीद्वारा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक आह्वान राष्ट्रपति भण्डारीद्वारा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक आह्वान दीप संञ्चार असार १०, २०७७ गते २०:२० मा प्रकाशित काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषयमा छलफल गर्नका लागि शीर्ष नेताहरूको बैठक आह्वान गरेकी छिन्।राष्ट्रपति कार्यालयका अनुसार भण्डारीले बुधबार साँझ ५ बजे उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन्।छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित विभिन्न राजनीतिक दलका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ।‘नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछिको परिवेश, कोभिड–१९ प्रकोप लगायत पछिल्ला राजनीतिक घटनाक्रममाथि छलफल हुन लागेको हो,’ राष्ट्रपतिको सचिवालयले भन्यो।सचिवालयका अनुसार पछिल्ला राजनीतिक घटनाक्रममा राष्ट्रिय एकता कायम गर्ने तथा देशमा कोभिड-१९ प्रकोपले उत्पन्न परिस्थितिका सन्दर्भमा पनि छलफल हुनेछ।‘सम्माननीय राष्ट्रपतिज्यू, अभिभावकीय दायित्वअनुसार विभिन्न समयमा विभिन्न क्षेत्रका शीर्ष नेतृत्वसँग छलफल गरिरहनु भएको हुन्छ, त्यसैको निरन्तरताका रुपमा यो छलफललाई लिन सकिन्छ,’ सचिवालय स्रोतले भन्यो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप