गृहपृष्ठ ∕ समाचार ∕ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ दीप संञ्चार असार ९, २०७७ गते २१:०२ मा प्रकाशित सिड्नी – अष्ट्रेलियामा अनलाईनबाट ठगी गरेको आरोपमा एक महिला र एक पुरुष गरि दुइ नेपाली समातिएका छन् । उनीहरुलाई वृद्ध अष्ट्रेलियनलाई टेलिफोन गरि पैसा ठगी गरेको आरोप लागेको छ ।न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिईन् । लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । ठगहरुले बैंकको प्रतिनिधी बनेर ती महिलालाई टेलिफोन गरि उनको बैंक खातामा समस्या आएर बन्द गरि नयाँ खाता खोल्नुपर्ने सुझाएको विज्ञप्तीमा भनिएको छ ।नयाँ खातामा जम्मा गर्नका ३ हजार डलर दिनुपर्ने भन्दै ठ’गहरुले ती महिलालाई विश्वास दिलाएका थिए । पैसा लिन उनीहरु नक्कली कुरियरकर्मी बनेर ती वृद्धाको पारामाट्टा नजिकैको टेलोपीस्थित घरमै गएको प्रहरीले जनाएको छ । पैसा दिएपछि शंका लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिईन् । प्रहरीमा उजुरी परेपछि पनि ती समुहले टेलिफोन गरेर थप ५ हजार डलर मागेका थिए । पैसा लिन आएका बेला २२ जुन सोमबार साझ प्रहरीले यी दुइ नेपालीलाई ती वृद्धाको घर नजिकैबाट समातेको हो ।पक्राउ पर्ने महिला २२ वर्षकी छिन् भने पुरुष १९ वर्षका छन् । उनीहरुलाई पारामाटा अदालतले थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ । सोधपुछका क्रममा यी दुइ अन्तरदेशिय ठगहरुको गिरोहमा संलग्न रहेको र पैसा संकलन गरेर विदेशमा पठाउन सक्रिय रहेको खुलेको छ । अनुसन्धानका क्रममा यो समुहले अन्य थुप्रैलाई फोन गरेर बैक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी बनेर पैसा भुक्तानी लिएको बुझिएको छ ।जागिरको प्रलोभनमा परेर नेपाली विद्यार्थीले आफ्नो परिचयपत्रहरु जताभावी पठाउदा अष्ट्रेलियामा उनीहरुको कागजात दुरुपयोग हुने क्रम समेत बढेको छ । अष्ट्रेलियामा गत वर्ष मात्रै साढे ४ सय मिलियन डलर भन्दा बढी रकम अनलाईनबाट ठ’गी भएको छ ।- जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबारामा पोखरीमा डुबेर दुई जनाको मृत्युकपिलवस्तु वाणगंगा नगरपालिकाकी १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कारइन्टरनेट सेवा प्रदायक संघको चेतावनी : जुनसुकै बेला जहाँसुकै इन्टरनेट…१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु कपिलवस्तु वाणगंगा नगरपालिकाकी १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार इन्टरनेट सेवा प्रदायक संघको चेतावनी : जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु, पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ :प्रधानमन्त्री देउवा दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ नेपाली जनसम्पर्क समिति कतारको १५ औँ स्थापना दिवस सम्पन्न पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द