Techie IT
×
गृहपृष्ठसमाचारसुमेघ ट्राभल्सले सरकारलाई २० लाख, बागलुङलाई १० लाख रुपैयाँ कोरोना सहयोग गर्‍यो

सुमेघ ट्राभल्सले सरकारलाई २० लाख, बागलुङलाई १० लाख रुपैयाँ कोरोना सहयोग गर्‍यो


काठमाडौ – सुमेघ टुर्स ट्राभल्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि तीस लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ ।

ट्राभल्सले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २० लाख रुपैयाँ, बागलुङको बागलुङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ, गलकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ र ताराखोला गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई लाख रुपैयाँ गरी तीस लाख रुपैयाँ प्रदान गरेको हो ।

स‌ंकटका समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग रकम हस्तान्त्रण गरेको कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ । सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कम्पनीले जापानका लागि तीन वटा चार्टर्ड उडान समेत गरेको थियो ।

मे १५, १७ र २२ तारिखमा काठमाडौंबाट जापानको नारिता विमानस्थलमा गरिएको उडानबाट कम्पनीले ७६६ जना यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याएको थियो । नेपाल आएका जापानी नागरिक, जापानमा कार्यरत तथा अध्ययन गरिरहेका नेपाली तर नेपाल आएर भिषा सकिन लागेकालाई चार्टर्ड उडानबाट गन्तव्यमा पुर्याइएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जानकारी दिएको छ ।

चार्टर्ड उडानबाट जापान जानका लागि अनुमति दिने नेपाल सरकारको कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समिति, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय तथा नेपाल सरकारका विभिन्न निकायलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

त्यसैगरी, कम्पनीले नेपाल स्थित जापानी दूतावास, गैरआवासीय नेपाली संघ जापान, नेपाल वायु सेवा निगमलाई धन्यवाद ज्ञापन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस