Techie IT
×
गृहपृष्ठग्लोबलबेलायतबेलायतमा रोकिएका नेपालीहरु चर्को प्लेन भाडा तिरेर नेपाल फर्किदै

बेलायतमा रोकिएका नेपालीहरु चर्को प्लेन भाडा तिरेर नेपाल फर्किदै


लण्डन – नेपाली दूतावास लन्डनको पहलमा कोरोना लकडाउनको कारण बेलायतमा रोकिन बाध्य नेपालीहरूलाई दुई जहाजको चार्टर्ड उडान मार्फत नेपाल फर्काउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल फर्किने प्राथमिकतामा भ्रमण, अध्ययन तथा सेमिनार लगायतको लागि बेलायत आएर यतै रोकिएका र अन्य आकस्मिक र विशेष परिस्थितीका यात्रुहरु रहेका छन् ।

लन्डन स्थित नेपाली दूतावासका अनुसार आगामी जुन २४ र २६ तारिखका दिन लन्डनको ग्याटविक विमानस्थलबाट ३ सय भन्दा बढी नेपालीलाई नेपाल फर्काउने गरी तयारी गरिएको छ ।

दूतावासबाट प्राप्त सुचना अनुसार जजिरा एयरवेजले दुवै दिन दिनको २:५० बजे नेपालको लागि उडान भर्ने छन् । जजिरा एयरका एयरबसले प्रति जहाज १५८ जना यात्रुहरुको उडान भर्ने क्षमता राख्दछन् । एकतर्फी उडानको भाडादर प्रतिव्यक्ति ९ सय २० पाउण्ड तय गरिएको छ ।

चर्को भाडा :

नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेपछि सामाजिक संजालमा यहाँका नेपालीहरुले सरकारको चर्काे आलोचना गरेका छन । अरु बेला करीव ७ सय पाउण्डमा ओहोर-दोहोर गर्न पाउने टिकटको एकतर्फी भाडा नै ९ सय २० पाउण्ड तोकेपछि असन्तुष्टी वाहिर देखिएको हो ।

संयुक्त अधिराज्य बेलायतस्थित लन्डन दूतावासले महंगो टिकटका बारेमा अनविज्ञता प्रकट गरेको छ । दूतावासका प्रवक्ता शरदराज आरनले नेपाल सरकार पटर्यटन मन्त्रालयबाटै सवै कुराहरु तय भएर आएको बताए । ‘हामीले बेलायतबाट नेपाल फर्किनु पर्ने व्यक्तिहरुको नाम संकलन गरेर पठाउने र यहाँका समस्याका बारेमा बताउने काम गरेको छौं,’ उनले भने, ‘बेलायतबाट नेपाल उडान भर्ने हवाइजहाज र टिकटका बारेमा सवै पर्यटन मन्त्रालयबाटै निर्णय भएको हो ।’

कोरोना संक्रमणका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यही मौकामा केही व्यक्तिहरुले पर्यटन मन्त्रालयलाई प्रभावमा पारी पैसा कमाउन लागेको स्रोतको दावी छ ।

‘नेपालबाट कतार एयरवेज हुदै बेलायत ७ सय पाउण्डै म तीन दिन अघि बेलायत आए,’ एनआरएनए यूके पूर्वउपमहासचिव विनय अधिकारीले, ‘नेपाल सरकारले कोरोना संक्रमणका कारण संकटमा परेका नेपालीलाई यसरी आर्थिक भारमा पार्ने काम गलत भएको छ । प्रतिस्पर्धाका एयरवेज छानिएको भए निकै सस्तोमा टिकट आउथ्यो ।’ तर सरकारको लापरबाहीले जनताहरु महंगो भाडा तिरेर नेपाली फर्किन बाधय भएको अधिकारीले गुनासो गरे ।


क्याटेगोरी : समाचार, बेलायत
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस