Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगुल्मीमा ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १७९

गुल्मीमा ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १७९


गुल्मी – गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर–३ का १८ र ५० वर्षीय दुई जना पुरुष तथा ४४ वर्षीया एक जना महिला छन् भने वडा नम्बर–४ का १५ र वडा नम्बर–६ का २५ वर्षीय पुरुष छन् । उनीहरु सबै जना भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

यससँगै गुल्मीमा संक्रमितको संख्या १७९ पुगेको छ । जसमध्ये ६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना परीक्षणका लागि जिल्लाभरबाट १ हजार १६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस