गृहपृष्ठ ∕ समाचार ∕ राजविराजमा क्वारेन्टिनबाट एक किशोरी फरार,खोजी कार्य जारी राजविराजमा क्वारेन्टिनबाट एक किशोरी फरार,खोजी कार्य जारी दीप संञ्चार असार ६, २०७७ गते ९:१८ मा प्रकाशित राजविराज – राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो ।अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् । सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए। यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए। भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् । राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन् । यसअघि सोही क्वारेन्टिनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज–१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ ।युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टिनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बताए। – राससक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारडिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिनेसरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने…घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी…छोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितो धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?