Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार७ वर्षीया बालिकालाई अटोमा राखेर बेच्न लैजाँदै गरेका एक भारतीय पक्राउ

७ वर्षीया बालिकालाई अटोमा राखेर बेच्न लैजाँदै गरेका एक भारतीय पक्राउ


काठमाडौं – मकवानपुरमा ७ वर्षीया बालिकालाई भारतमा बेच्न लैजाँदै गरेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार अपरान्ह चार बजे भारतको बिहार बस्ने १९ वर्षीय रानी भन्ने ज्योती चौधरीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५बाट पक्राउ गरेको हो।

उनले सोही नगर वडा नम्बर ४ का ७ वर्षीया नाबालिकालाई बेच्नका लागि बारा जितपुर हुँदै भारत तर्फ लैजान खोजेको प्रहरीको प्रारम्भिक अनुमान छ।

उनले नाबालिकालाई ललाई–फकाई प्रदेश ३–०३–००१–ह ००६१ नम्बरको अटोमा राखेर लैजाँदै थिए।

सोहीबेला प्रहरीले पुर्व–पश्चिम सडक खण्डबाट रानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीमाथि मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दा दायर भएको छ। प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस