गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट २० नेपालीका शव आए कतारबाट २० नेपालीका शव आए दीप संञ्चार असार ५, २०७७ गते २०:१४ मा प्रकाशित काठमाण्डौ – नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका छन्।लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका शव पनि आइरहेका हुन्।चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव आएका छन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ।बोर्डका अनुसार विदेशबाट आएका शवको पहिचान र नेपालभित्रै पठाउनु पर्ने जिल्लाको सबै विवरण आउन केही समय लाग्ने छ।अहिले अनुमानित विवरण आएको र शवको विस्तृत पहिचान र एकिन संख्या आउन केही समय लाग्ने बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।‘हामीले नेपाल आइपुगेका शवलाई सम्बन्धित जिल्लामा पुर्याउनका लागि गाडीको व्यवस्था गरिरहेका छौं। तर यसको एकमुष्ट विवरण आउन भने समय लाग्छ,’ उनले भने।सुवेदीले शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गरिरहेको जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-…दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो