Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारत्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शाह नियुक्त

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शाह नियुक्त


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छिन् ।

प्रा. डा. शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको हाे ।

प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ र प्रा. डा. प्रदीप वैधकाे नाम डिनका लागि सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले जेठ २१ मा उमेर हदका कारण अवकाश पाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस