गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्कदै युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्कदै सुर्य बहादुर खवास असार ५, २०७७ गते १९:०२ मा प्रकाशित युएई – कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालिहरु स्वदेश फर्किएका छन । नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २२९२ बाट १ सय १ जना महिला र ४७ जना पुरुष सहित १ सय ४८ जना नेपाल फर्किएका छन ।नेपाल फर्कनेमा ९४ जना गर्भवती महिला, १० जना दिर्घरोगी, १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक तथस ३ जना जेष्ठ नागरिक रहेको दूतावासले जनाएको छ । यसैगरि उक्त उडानमा गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।उक्त उडानमा गत चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पनि पठाइएको दूतावासले जानकारी दिएको छ । आज दुबइको अन्तराष्ट्रीय विमानस्थल टर्मीनल २ बाट नेपाल एयरलाइन्सको उडान मार्फत स्वदेश फर्किन लागेका १ सय ४८ जनाकै कोरोनाको परिक्षण नि:शुल्क भएको छ । दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धार भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभएको छ ।यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् । नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएईको समय अनुसार बिहान ११ बजे हुने जनाईएको छ । पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३/३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्नेकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु स्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्ने तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ?