गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए शुक्र मोक्तान असार ५, २०७७ गते १८:४३ मा प्रकाशित रियाद – साउदी अरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत तिन महिना देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याहरूको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधारमा प्राथमिकतामा परेका ३३ सय १३ जना मध्ये १८ जुन २०२० का दिन हिमालय एयरको एच ९ ५६०२ उडान बाट १५४ जना नेपाली श्रमिकहरू साउदी अरबको पूर्वी शहर दम्माम एयरपोर्ट बाट स्वदेश फर्किएका छन्।नेपाल फर्किनै पर्ने नेपाली श्रमिकहरू संगै उक्त विमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका मध्ये १ जनाको लाश पनि नेपाल फर्किँदै छ। गैर आवसिय नेपाली संघको निरन्तर समन्वय र नेपाली नियोगहरूको पहलमा नेपाल सरकारले श्रमिक स्वयंले सम्पूर्ण खर्च व्यहोर्ने गरी उक्त उडानको सहजीकरण गरेका थिए।भने टिकट शुल्क अत्याधिक भएको भनि चौतर्फी विरोध र आलोचना भए पश्चात पहिलो निर्धारित समय तालिका अनुरूपको उडान हुन सकेको थिएन ।यसका साथै दुताबासले संयोजन गर्ने गरी अन्य कुनै पनि विमान चार्टर गरी नेपाली श्रमिकहरू स्वदेश आउन सकिने भनि गत जेष्ठ ३० शुक्रबार क्याबिनेटले निर्णय गरे पनि कार्यन्वयन हुन सकेन र निर्धारण गरिएको मुल्यमा पुनर्विचार गरी हवाई कम्पनीले मुल्य घटाए पश्चात अहिलेको उडान भएको हो।“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन अर्को उडानहरू २० जुनमा दम्माम बाट र २१ जुनमा रियाद बाट हुने तय भएको छ भने उक्त उडानको लागी दुताबासमा आएको निवेदन र नेपाल सरकारले तोकेको आधारमा यात्रुहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरिसकेको छ । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप