गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए शुक्र मोक्तान असार ५, २०७७ गते १८:४३ मा प्रकाशित रियाद – साउदी अरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत तिन महिना देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याहरूको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधारमा प्राथमिकतामा परेका ३३ सय १३ जना मध्ये १८ जुन २०२० का दिन हिमालय एयरको एच ९ ५६०२ उडान बाट १५४ जना नेपाली श्रमिकहरू साउदी अरबको पूर्वी शहर दम्माम एयरपोर्ट बाट स्वदेश फर्किएका छन्।नेपाल फर्किनै पर्ने नेपाली श्रमिकहरू संगै उक्त विमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका मध्ये १ जनाको लाश पनि नेपाल फर्किँदै छ। गैर आवसिय नेपाली संघको निरन्तर समन्वय र नेपाली नियोगहरूको पहलमा नेपाल सरकारले श्रमिक स्वयंले सम्पूर्ण खर्च व्यहोर्ने गरी उक्त उडानको सहजीकरण गरेका थिए।भने टिकट शुल्क अत्याधिक भएको भनि चौतर्फी विरोध र आलोचना भए पश्चात पहिलो निर्धारित समय तालिका अनुरूपको उडान हुन सकेको थिएन ।यसका साथै दुताबासले संयोजन गर्ने गरी अन्य कुनै पनि विमान चार्टर गरी नेपाली श्रमिकहरू स्वदेश आउन सकिने भनि गत जेष्ठ ३० शुक्रबार क्याबिनेटले निर्णय गरे पनि कार्यन्वयन हुन सकेन र निर्धारण गरिएको मुल्यमा पुनर्विचार गरी हवाई कम्पनीले मुल्य घटाए पश्चात अहिलेको उडान भएको हो।“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन अर्को उडानहरू २० जुनमा दम्माम बाट र २१ जुनमा रियाद बाट हुने तय भएको छ भने उक्त उडानको लागी दुताबासमा आएको निवेदन र नेपाल सरकारले तोकेको आधारमा यात्रुहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरिसकेको छ । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट