गृहपृष्ठ ∕ समाचार ∕ लमहीमा रेडियोबाट पठनपाठन शुरु लमहीमा रेडियोबाट पठनपाठन शुरु दीप संञ्चार जेठ ३२, २०७७ गते २१:५४ मा प्रकाशित दाङ – लमही नगरपालिकाले आज देखि रेडियो बाट पठनपाठन शुरु गरेको छ । लमही नगरपालिकाकाले विद्यालय जान नपाएका वालबालिका तथा विद्यार्थीलाई केन्द्रित गरेर बैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न रेडियो मार्फत ‘शिक्षक संग विद्यार्थीका कुरा’ कार्यक्रम सञ्चालन गरेको हो ।सामुदायीक रेडियोहरु संग समन्वय गरेर दैनिक पाँच घण्टा रेडियोबाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार नगर प्रमुख कुलबहादुर केसीले शैक्षिक कार्यक्रमको उद्घाटन गरेका हुन । रेडियो नयाँ युग मार्फत बिशेष सम्वोधन गर्दै नगर प्रमुख केसीले कोरोना भाइरसका कारण विद्यालयहरु नखुल्दा बैकल्पिक माध्यम रेडियोबाट पठन पाठन थालिएको जानकारी दिए ।लकडाउन भएदेखी विद्यालय खुलेका छैनन् । कहिले बाट विद्यालय खुल्छन् र पढ्न पाईन्छ भन्ने कुराको स्पष्ट अझैं छैन् । त्यही भएर नगरपालिकाले स्थानीय सामुदायीक रेडियो संग सहकार्य गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्न थालेको प्रमुख केसीको भनाई छ । उनले भने -‘बालबालिकालाई समय दिउँ ।अभिभावकले पनि ध्यान दिनेगरी पठनपाठन अघी बढाएका छौं । रेडियो नयाँ युग, रेडियो हाइवे र रेडियो साँझा आवाज बाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । बिषयगत शिक्षकहरु रेडियोमा पुग्ने र त्यहाँबाट कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई पढाउने नौलो अभ्यास थालिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम