गृहपृष्ठ ∕ समाचार ∕ लमहीमा रेडियोबाट पठनपाठन शुरु लमहीमा रेडियोबाट पठनपाठन शुरु दीप संञ्चार जेठ ३२, २०७७ गते २१:५४ मा प्रकाशित दाङ – लमही नगरपालिकाले आज देखि रेडियो बाट पठनपाठन शुरु गरेको छ । लमही नगरपालिकाकाले विद्यालय जान नपाएका वालबालिका तथा विद्यार्थीलाई केन्द्रित गरेर बैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न रेडियो मार्फत ‘शिक्षक संग विद्यार्थीका कुरा’ कार्यक्रम सञ्चालन गरेको हो ।सामुदायीक रेडियोहरु संग समन्वय गरेर दैनिक पाँच घण्टा रेडियोबाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार नगर प्रमुख कुलबहादुर केसीले शैक्षिक कार्यक्रमको उद्घाटन गरेका हुन । रेडियो नयाँ युग मार्फत बिशेष सम्वोधन गर्दै नगर प्रमुख केसीले कोरोना भाइरसका कारण विद्यालयहरु नखुल्दा बैकल्पिक माध्यम रेडियोबाट पठन पाठन थालिएको जानकारी दिए ।लकडाउन भएदेखी विद्यालय खुलेका छैनन् । कहिले बाट विद्यालय खुल्छन् र पढ्न पाईन्छ भन्ने कुराको स्पष्ट अझैं छैन् । त्यही भएर नगरपालिकाले स्थानीय सामुदायीक रेडियो संग सहकार्य गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्न थालेको प्रमुख केसीको भनाई छ । उनले भने -‘बालबालिकालाई समय दिउँ ।अभिभावकले पनि ध्यान दिनेगरी पठनपाठन अघी बढाएका छौं । रेडियो नयाँ युग, रेडियो हाइवे र रेडियो साँझा आवाज बाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । बिषयगत शिक्षकहरु रेडियोमा पुग्ने र त्यहाँबाट कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई पढाउने नौलो अभ्यास थालिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप