गृहपृष्ठ ∕ समाचार ∕ लमहीमा रेडियोबाट पठनपाठन शुरु लमहीमा रेडियोबाट पठनपाठन शुरु दीप संञ्चार जेठ ३२, २०७७ गते २१:५४ मा प्रकाशित दाङ – लमही नगरपालिकाले आज देखि रेडियो बाट पठनपाठन शुरु गरेको छ । लमही नगरपालिकाकाले विद्यालय जान नपाएका वालबालिका तथा विद्यार्थीलाई केन्द्रित गरेर बैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न रेडियो मार्फत ‘शिक्षक संग विद्यार्थीका कुरा’ कार्यक्रम सञ्चालन गरेको हो ।सामुदायीक रेडियोहरु संग समन्वय गरेर दैनिक पाँच घण्टा रेडियोबाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार नगर प्रमुख कुलबहादुर केसीले शैक्षिक कार्यक्रमको उद्घाटन गरेका हुन । रेडियो नयाँ युग मार्फत बिशेष सम्वोधन गर्दै नगर प्रमुख केसीले कोरोना भाइरसका कारण विद्यालयहरु नखुल्दा बैकल्पिक माध्यम रेडियोबाट पठन पाठन थालिएको जानकारी दिए ।लकडाउन भएदेखी विद्यालय खुलेका छैनन् । कहिले बाट विद्यालय खुल्छन् र पढ्न पाईन्छ भन्ने कुराको स्पष्ट अझैं छैन् । त्यही भएर नगरपालिकाले स्थानीय सामुदायीक रेडियो संग सहकार्य गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्न थालेको प्रमुख केसीको भनाई छ । उनले भने -‘बालबालिकालाई समय दिउँ ।अभिभावकले पनि ध्यान दिनेगरी पठनपाठन अघी बढाएका छौं । रेडियो नयाँ युग, रेडियो हाइवे र रेडियो साँझा आवाज बाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । बिषयगत शिक्षकहरु रेडियोमा पुग्ने र त्यहाँबाट कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई पढाउने नौलो अभ्यास थालिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट