गृहपृष्ठ ∕ समाचार ∕ लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको नियमित भर्चुअल बैठक सम्पन्न लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको नियमित भर्चुअल बैठक सम्पन्न दीप संञ्चार असार ३, २०७७ गते २१:५३ मा प्रकाशित काठमाडौँ – लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको पछिल्लो बैठक सम्पन्न भएको छ । भर्चुअल रूपमा सम्पन्न भएको उक्त बैठक कार्यसमितिका महासचिव सुवास केसी ले सञ्चालन गरेका थिए ।बैठकमा आफ्नो आफ्नो बिचार व्यक्त गर्ने क्रममा अध्यक्ष रमेश बिजी ले कोभिड १९ को कारण अप्ठ्यारो मा परेका कलाकारको रोजगारीको बारेमा गम्भीर चासो व्यक्त गर्दै बन्द हुन पुगेको दोहोरी साँझ व्यवसाय र त्यस सम्वद्द कलाकारहरू को रोजगारी र वैकल्पिक व्यवस्था के हुन सक्दछ भन्ने बारेमा चिन्ता व्यक्त गर्दै ठोस योजना सरकारबाट आउनु पर्ने कुरा बताउँदै अन्य सदस्यहरू सँग आफ्नो आफ्नो राय राख्न अनुरोध गरेका थिए ।कलाकार कल्याणकारी कोषको मुद्दती खाताको बैङ्क सँगको सम्झौताको म्याद सकिएको र सञ्चालन कार्यसमिति पनि परिवर्तनको सँघारमा रहेको कारण कोभिड १९ सँग जुध्न बेग्लै उद्धार कोषको व्यवस्था गरिएको औपचारिक जानकारी दिएका थिए । त्यस्तै निवर्तमान अध्यक्ष बद्री पंगेनी लगायत अन्य पदाधिकारी र सदस्य हरूले आफ्नो आफ्नो बिचार व्यक्त गरेका थिए ।प्रतिष्ठानका नियमित कार्यक्रम अन्तर्गतका प्रत्यक्ष दोहोरी प्रतियोगिता, लोक गीत महोत्सव लगायतका कामहरू र कलाकार कल्याणकारी कोषलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गम्भीर छलफल गरिएको कुरा संस्थाका महासचिव सुवास केसीले बताए । बैठकमा देशका फरक फरक स्थानमा रहेका कलाकारहरू जुम मार्फत उपस्थित थिए ।वैदेशिक शाखा सदस्यहरू कतारबाट दुर्गा पंगेनी र जापानबाट रामकृष्ण बम मल्ल समेत उपस्थिति जनाउँदै बिदेशमा रहेका समस्याहरुको बारेमा आफ्नो आफ्नो बिचार व्यक्त गरेका थिए । देशको नयाँ नक्सा जारी भएको परिप्रेक्ष्यमा प्रतिष्ठानको लोगोमा रहेको नेपालको नक्सामा पनि लिम्पियाधुरा समेटिएको नक्सा राख्ने विषयमा समेत निर्णय भएको कुरा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए ।नक्सा परिवर्तन सम्बन्धी प्रस्ताव केन्द्रीय सदस्य दुर्गा पंगेनीले टेबुल गरेका थिए र यो सर्वसम्मति बाट पारित भएको थियो भने केन्द्रीय सदस्य पिएन सापकोटाले हालसम्मको राहत वितरणको रिपोर्ट प्रस्तुत गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप