गृहपृष्ठ ∕ समाचार ∕ लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको नियमित भर्चुअल बैठक सम्पन्न लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको नियमित भर्चुअल बैठक सम्पन्न दीप संञ्चार असार ३, २०७७ गते २१:५३ मा प्रकाशित काठमाडौँ – लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको पछिल्लो बैठक सम्पन्न भएको छ । भर्चुअल रूपमा सम्पन्न भएको उक्त बैठक कार्यसमितिका महासचिव सुवास केसी ले सञ्चालन गरेका थिए ।बैठकमा आफ्नो आफ्नो बिचार व्यक्त गर्ने क्रममा अध्यक्ष रमेश बिजी ले कोभिड १९ को कारण अप्ठ्यारो मा परेका कलाकारको रोजगारीको बारेमा गम्भीर चासो व्यक्त गर्दै बन्द हुन पुगेको दोहोरी साँझ व्यवसाय र त्यस सम्वद्द कलाकारहरू को रोजगारी र वैकल्पिक व्यवस्था के हुन सक्दछ भन्ने बारेमा चिन्ता व्यक्त गर्दै ठोस योजना सरकारबाट आउनु पर्ने कुरा बताउँदै अन्य सदस्यहरू सँग आफ्नो आफ्नो राय राख्न अनुरोध गरेका थिए ।कलाकार कल्याणकारी कोषको मुद्दती खाताको बैङ्क सँगको सम्झौताको म्याद सकिएको र सञ्चालन कार्यसमिति पनि परिवर्तनको सँघारमा रहेको कारण कोभिड १९ सँग जुध्न बेग्लै उद्धार कोषको व्यवस्था गरिएको औपचारिक जानकारी दिएका थिए । त्यस्तै निवर्तमान अध्यक्ष बद्री पंगेनी लगायत अन्य पदाधिकारी र सदस्य हरूले आफ्नो आफ्नो बिचार व्यक्त गरेका थिए ।प्रतिष्ठानका नियमित कार्यक्रम अन्तर्गतका प्रत्यक्ष दोहोरी प्रतियोगिता, लोक गीत महोत्सव लगायतका कामहरू र कलाकार कल्याणकारी कोषलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गम्भीर छलफल गरिएको कुरा संस्थाका महासचिव सुवास केसीले बताए । बैठकमा देशका फरक फरक स्थानमा रहेका कलाकारहरू जुम मार्फत उपस्थित थिए ।वैदेशिक शाखा सदस्यहरू कतारबाट दुर्गा पंगेनी र जापानबाट रामकृष्ण बम मल्ल समेत उपस्थिति जनाउँदै बिदेशमा रहेका समस्याहरुको बारेमा आफ्नो आफ्नो बिचार व्यक्त गरेका थिए । देशको नयाँ नक्सा जारी भएको परिप्रेक्ष्यमा प्रतिष्ठानको लोगोमा रहेको नेपालको नक्सामा पनि लिम्पियाधुरा समेटिएको नक्सा राख्ने विषयमा समेत निर्णय भएको कुरा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए ।नक्सा परिवर्तन सम्बन्धी प्रस्ताव केन्द्रीय सदस्य दुर्गा पंगेनीले टेबुल गरेका थिए र यो सर्वसम्मति बाट पारित भएको थियो भने केन्द्रीय सदस्य पिएन सापकोटाले हालसम्मको राहत वितरणको रिपोर्ट प्रस्तुत गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ८त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ताजा अपडेट सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग