Techie IT
×
गृहपृष्ठसमाचारबाख्राको पकेट क्षेत्रमा डिपिङ्ग टयांङ्क निर्माण हुने

बाख्राको पकेट क्षेत्रमा डिपिङ्ग टयांङ्क निर्माण हुने


दाङ-बाख्रालाई बाहिरी परजीवी नियन्त्रण तथा उपचार गर्नको लागि बाख्राको पकेट क्षेत्र घोषण गरेको लमही नगरपालिकाले वडा नम्बर ८ र ९ मा डिपिङ्ग टयांङ्क निर्माण गर्न लागेको छ ।

सोमबार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देबका बेल्वासेले संयुक्त रुपमा तेलिया गाउँमा डिपिङ्ग टयांङ्कको शिलान्यास गरेका हुन् । बाख्राको पकेट क्षेत्र मानिएको यस क्षेत्रका किसानलाई खसी, बोका, र बाख्रा उपियाँ, सुलसुले जस्ता परजीबीले सताईरहेका बेला टाढा जान नपरोस भनेर स्थापना गर्न लागेको नगरप्रमुख कुल बहादुर केसीले बताए ।

यस क्षेत्रका किसानको समस्यालाई नगरपालिकाले राम्रो संग अध्ययन गरेर कार्यक्रम ल्याएको प्रमुख केसीले बताए । यहाँका किसानहरुलाई बाख्रामा व्यवसायिक बनाउन सक्यौँ भने मात्रै यहाँका किसानहरुको जिवन स्तरमा केहि परिवर्तन गर्न सकिने उनले बताए । किसानको मागलाई मध्यनजर गर्दै बाख्राको पकेट क्षेत्रमा यो कार्यक्रम संचालन गरेको लमही नगरपालिका उप प्रमुख देबका बेल्वासेले बताईन ।

उक्त टयांङ्कको निर्माण पश्चात् व्यवसायिक बाख्रा पालक किसानहरुलाई नै अत्याधिक फाइदा हुने र आर्थिक रुपले पनि सम्पन्न हुने विश्वास व्यक्त गरिन । डिपिङ्ग टयांङ्कबाट बाख्राको शरिरमा रहेको जुम्रा, उपिया, सुलसुले, किर्ना खुइरो लगायत अन्य बाहिरीय परजीवीको उपचारको ग¥याँै भने, बाख्रा माटोघाटा हुन्छन्, चिल्लो हुन्छ, किसानको व्यवसायि बढ्छ, बाख्रा विक्री गरेर राम्रो आम्दानी हुन्छ ।

जस्ले गर्दा किसान आर्थिक रुपमा बलियो हुने लमही नगरपालिका पशु सेवा उपशाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिए त्यस्तै लमहीको बिजुलीपुर, हर्दवा र जलकुण्डीमा पनि डिपिङ्ग ट्यांकी निर्माण हुन लागेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस