गृहपृष्ठ ∕ समाचार ∕ समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास सुर्य बहादुर खवास असार २, २०७७ गते २१:१४ मा प्रकाशित युएई – युएईका लागि नेपाली राजदुतावासले कोरोना भाईरसका कारण समस्यामा परेको नेपालिहरुलाई आफ्नो साथ रहने बताएको छ ।मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै युएईमा समस्यामा परेका नेपालिहरुलाई दुतावासले सहयोग र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको स्मरण गराउदै दुतावासका कर्मचारिहरुले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको बताएको छ ।सोमबार युएईमा समस्यामा परेका नेपालिहरु दूतावासमा पुगि आफ्ना समस्याहरु राख्दै आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गर्दा दुतावास भित्रबाट “उद्धार गर्ने काम हाम्रो होईन, स्वयं आफ्नै हो” भन्ने आवाज सहितको भिडियो सामाजिक संजालमा भाईरल भए पश्चात् दूतावासको ध्यानाकर्षण भएको जनाएको छ ।साथै उक्त धारणा दुतावासको आधिकारिक नभएको बताएको छ । युएईमा रहनु भएका नेपालिहरुले यस्तो विषम परिस्थितिमा पनि देखाउनु भएको धैर्यता प्रती दुतावासले धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनलाई सहज बनाउन तथा हवाई उडान चालू गराउन दुतावास निरन्तर प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।मंगलवार बाट समस्यामा परेका नेपालिलाई चार्टर उडान मार्फत स्वदेश फर्काइने भनिएपनी सोमबार साँझ दुतावासको फेसबुक पेज मार्फत उडान स्थगित भएको सुचना जारी गरे सँगै अन्यौलता थपिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट