Techie IT
×
गृहपृष्ठसमाचारनासर अल अली इन्टरप्राइजेज कम्पनीले दुई नेपालीलाई जनही १५ हजार रियाल नगद इनाम प्रदान गर्‍यो

नासर अल अली इन्टरप्राइजेज कम्पनीले दुई नेपालीलाई जनही १५ हजार रियाल नगद इनाम प्रदान गर्‍यो


दोहा–कतार आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत पश्चिम नेपालका नुन बहादुर दर्जी र धनुषाका राम शंकर दास बनोधियाले हालै जनही पन्द्र  हजार रियाल इनाम पाएका छन् । इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् उनीहरुले नासर अल अली इन्टरप्राइजेज कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् ।

पन्द्र हजार रियाल इनाम पाउने भाग्यमानी नुन बहादुर दर्जी नासर अल अली इन्टरप्राइजेज कम्पनीमा कन्स्ट्रक्सनमा काम गर्न नेपालबाट २००९ मा आएका थिए पछि राम्रो काम गर्दै गएपछि ट्रेड वर्कर भए । अहिले कार्पेन्टर मेसनरी देखि सवै काममा पोख्त भइसकेका उनी आफुलाई यस कम्पनीमा काम गर्न पाउनु आफनो अहोभाग्य ठान्छन् ।

दर्जीले सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना दुई छोराछोरीको पढाइ साथै परिवारको लागि आर्थिक स्थिति सुधारे र जग्गाजमिन समेत जोडीसकेका छन् । नगद इनाम पाएपछि खुशी हुदै आफुले इमान्दारिताका साथ काम गरेको हुनाले कम्पनी मालिकबाट पाएको र अव यो रकम आफना छोरा र छोरीको पढाईमा खर्च गर्ने र घर खर्चमा सदुपयोग गर्ने बताए ।

यसैगरी पन्द्र हजार रियल नगद इनाम भागिदार रामशंकर दास बनोधियाले पनि सोही कम्पनीमा १२ वर्ष विताइसकेका छन । सवै किसिमको कामगर्न सक्ने भईसकेका तीन छोरा र एक छोरीका पिता रामशंकरले पनि सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिन सकेका छन् ।

उनको दुई छोराहरु हाल वैदेशिक रोजगारका लागि विदेशमा छन् । यो इनामस्वरुप पाएको पैसा छोरीको पढाईमा खर्च गर्ने बताउदै आफु अल अली इन्टरप्राइजेज कम्पनीमा काम गर्न पाउनु आफनो अहोभाग्य भएको बताए । कम्पनी मालिकप्रति आभार व्यक्त गर्दै नासर अल अली इन्टरप्राइजेज जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक भएको हुनाले साथै आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताए ।

यस कम्पनीमा काम गरेर आफुले आर्थिक सुधार गर्न र आफु काममा दक्ष बन्न सकेको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको रामशंकरको भनाई थियो । “कम्पनीका मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन् ।

यस्तो राम्रो कम्पनीमा काम गर्न पाउनु आफुहरुको अहोभाग्य हो” नुनबहादुर र रामशंकरको भनाई थियो । आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत् व्यवहार गर्ने गरेको समेत उनीहरुले बताए ।

आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफुले समस्या समाधान गरिदिने गरेको बताए ।

समय-समयमा आफनो कम्पनीमा कार्यरत् कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस