Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपनेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

नेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र


आयरल्याण्ड – नेपाली जनसम्पर्क समिति आयरल्याण्डले सरकारलाई कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रभाकारी भुमिका खेल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली राजदुताबास बेलायत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउदै नेपाली जनसम्पर्क समिती आयरल्याण्डले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरेको हो ।

मंगलवार कोर्क शहर स्थित पोस्ट अफिस मार्फत नेपाली राजदुताबास बेलायतलाई ईमेल अनी पोस्ट गरिएको छ । ‘चैत ११ गतेदेखि सुरु भएको लकडाउन संक्रमण जटिल बन्दै गर्दा असारको १ गतेदेखि खुकुलो गरिएको छ । कोरोना संक्रमित संख्या जिल्लामा बढ्दै गएकाले थप त्रास र चुनौति थपिएको छ ।’ नेपाली जन्सम्पर्क समिती आयरल्याण्डका काबा सभापती लक्ष्मी सापकोटा दवारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

ireland

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेपनि सरकार एकलौटी रुपमा अघि बढ्दा जटिल अवस्थाको सिर्जना भएको छ । जटिल परिस्थतीमा सरकारले तत्काल गर्नुपर्ने कामहरु र दीर्घकालिन प्रभाव र सरकारको खेल्नुपर्ने भूमिका बारेमा नेपाली जन्सम्पर्क समिती आयरल्याण्डले ज्ञापनपत्र मार्फत सुझाव दिएको नेपाली जन्सम्पर्क समिती आयरल्याण्डका काबा सभापति लक्ष्मी सापकोटाले जानकारी दिएका छन् ।

कोरोना नियन्त्रण गर्न सरकार असफल भएको कांग्रेसले विपक्षी दलहरुसँगै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत जनताको सहयोग लिएर कोरोना नियन्त्रणमा अघि बढ्न समेत आग्रह गरेको छ । कोरोना परीक्षणका लागि पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टिनमा रहेकाको कोरोना परीक्षण गर्न कीटको अभाव हुनु लगायतका कारण नेपालमा पछिल्लो समय दिनप्रतिदिन कोरोनाका संक्रमित बढिरहनुले सरकार असफल भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइसोलेसन सेन्टरसंगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि गर्नुपर्ने, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा क्वारेन्टिनमा राखेर स्वास्थ्य उपचार गर्नुपर्ने, कोरोना नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्कर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी लगायतको व्यक्तिगत सुरक्षासँगै प्रोत्साहित गर्ने नीति तथा योजनाहरु ल्याउने, भारतबाट आएको मानिसहरुको पिसिआर परीक्षण गरेर मात्र घर जाने वातावरण बनाउनुपर्ने,स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, कमिसन र भ्रष्टाचार गर्नु आपत्ति जनक रहेको भन्दै संलग्नलाई कारवाही गर्न समेत माग गरेका छन् ।

जन्सम्पर्क समिती आयरल्याण्डका सस्थापक सभापति तथा हाल एनआरएनए यूरोपका उप-संयोजक सुक्रराज न्यौपानेले लेनी जनसम्पर्क समिती आयरल्याण्डको ज्ञापनपत्रमा एकबदतता जनाइ समर्थन गर्नुभएको छ । त्यस्तै एनआरएनए आएरल्यान्ड कोर्क शहरको कोर्डिनेटर रुपेश रेगि, नेपाली जन्सम्पर्क समिती आयरल्याण्डका सदस्यहरु समिर थापा ,सन्दिप धिताल ,पुन्न्य न्यौपाने, सन्तोष भट्राइ , हरी गौतमको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार, यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस