Techie IT
×
गृहपृष्ठसमाचारदाङका युवाहरुले २ करोड लगानीमा सुरु गरे ब्याबसायिक बाख्रा पालन

दाङका युवाहरुले २ करोड लगानीमा सुरु गरे ब्याबसायिक बाख्रा पालन


दाङ –  दाङमा ३ जना युवाहरुले करीब २ करोड रुपैयाँ बराबरको संयुक्त लगानीमा व्यावसायिक बाख्रा पालन सुरु गरेका छन । आफ्नो क्षमता र पसिना बगाउन सकेमा आफ्नै माटोमा युवाहरूले केही नयाँ  गरी देशमा बढिरहेको बेरोजगारीलाई केहि हदसम्म न्युनिकरण गर्दै आत्म निर्भर बन्न सकिन्छ भन्ने उदेश्यका साथ उनिहरुले तुल्सीपुर १६, फचकलुवा दाङमा डि.के. एग्रो प्रा. लि. फर्म दर्ता गरी यो ब्यबसाय सुरु गरेका हुन।

बाख्राको लागि खानाको रुपमा चाहिने उन्नत जातको घाँस, आधुनिक तरिकाको खोर साथै बाख्रालाई खेल्नको लागि ठूलो कम्पाउन्ड बनाएर  करीब ८ बिगाहा जग्गामामा यो फर्म  सन्चालन गरिएको हो ।

dk agro firm

नेपाल एक कृषी प्रधान देश भनिएता पनि  कृषि क्षेत्रमा केही हुँदैन , हामीहरु बिदेश तिर नै पलायन हुन पर्छ , कृषि पेशामा लाग्ने मान्छेहरुले सफलता प्राप्त गर्न सक्दैन भन्ने एक खालको समाज मा रहेको भ्रमलाइ चिर्न  कृषि क्रान्तिमा लागेको कुरा त्यसै फर्मका सोही फर्मका सञ्चालक तथा युवा उधमी दिपेन्द्र वलीले बताए ।

अफ्रिकन बोएर जातका ८७ % २५ वटा र ९३ % का ५ ओटा र १००% जातको एउटा बोका गरी  करीब ५० वटा बाख्राबाट सुरु गरीएको यस फर्ममा लकडाउन खुलेको केही समयमै ५०० ओटा पुराउने लक्ष्य रहेको कुरा सोही फर्मका अर्का सञ्चालक श्री खगेन्द्र राणाले जानकारी दिए। ।

उक्त फर्मबाट धेरै भन्दा धेरै पाठापाठीहरु उत्पादन गर्ने , स्थानीय स-साना किसानहरुलाई बितरण गर्ने र बजारमा डि.के. अग्रो फर्म प्रा. लि. को एउटा छुट्टै ब्राण्ड स्थापित गरेर शुद्ध तथा ताजा मासु बितरन गर्ने प्रमुख लक्ष्य रहेको कुरा राणाले स्पष्ट पारे ।

dk agro firm

परम्परागत प्रणालीलाई हटाएर नयाँ आधुनिक प्रबिधिको साथ देशमा केही नयाँपन ल्याउनु पर्छ , बेरोजगार युवाहरूलाई रोजगारको अवसर दिनुपएछ भन्ने आएको सोचलाई सत्यता मा परीनत गर्न यो आधुनिक व्यावसायिक बाख्रा पालन सुरु गरेको उनले प्रष्ट पारे ।

दीप संचार मिडियाका प्रमुख  सम्बाददाता अँकित रावल सङ्ग कुरा गर्दै वलीले  भने  “युवाहरु ३०-४० हजार कमाउन लाखौं रुपैयाँ खर्छ गरी वैदेशिक रोजगारीमा गैरहेका छन । उनीहरुले नेपालमा नै बसेर एउटा बोका बिक्री गर्दा महिनामा एक दुइ लाख सम्म सजिलै कमाउन सक्छन, यसो गर्दा आफ्नै ठाउमा नाम अनि दाम पनि कमाउन सकिन्छ । “

दाङ जिल्लामै पहिलो पटक २०/२२ बर्ष उमेर समुहका युवाहरुले सुरु गरिएको यस्तो प्रकारको आधुनिक बाख्रा पालन  सरकारको पनि केहि साथ र सहयोग पाएको खण्डमा  देशकै नमुनाको रुपमा स्थापित हुन समय लाग्दैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस