गृहपृष्ठ ∕ समाचार ∕ प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छः राजेन्द्र महतो प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छः राजेन्द्र महतो दीप संञ्चार जेठ ३१, २०७७ गते २२:४२ मा प्रकाशित काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले ५८ वर्षअगाडिसम्म नेपालको नक्सामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा कसले बेचेको भनेर खोज्ने बेला आएको बताएका छन्।प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै महतोले ५८ वर्ष पहिले नेपालको नक्सामा समोवश भएको भूमि बेच्नेलाई सार्वजनिक गर्न माग गरेका हुन्। ‘५८ वर्षअगाडि नेपाली भूमि कसले बच्यो? त्यसलाई सार्वजनिक गर्नुपर्दैन? स्वेतपत्र जारी गर्नुप¥यो,’ महतोले भने, ‘राष्ट्रघातीहरूलाई टुँडिखेलमा ल्याएर सार्वजनिक गर्नुपर्छ।’अध्यक्ष महतोले महाकाली सन्धिको विषय उठान गर्दै सत्तारुढ दलका नेताहरूमाथि कटाक्ष गरे। पार्टी फुटाएर महाकाली सन्धि पारित गर्दा महाकाली नदीको मुहार कहाँ थियो भनेर किन नखोजेको भनेर उनले प्रश्न गरे। साथै राष्ट्रियताको सवालमा मधेशीलाई पटक–पटकलाई अग्निपरीक्षा नदिन अध्यक्ष महतोले चेतावनी दिए। ‘प्रत्येक मधेशीले सेना भएर नेपालको भूमि रक्षा गरेको छ,’ उनले भने।संविधान संशोधनको प्रस्ताव ऐतिहासिक रहेको उल्लेख गर्दै महतोले सारा नेपाली जनताको भावना प्रतिबिम्वित भएको प्रस्तावको पक्षमा आफूहरूले मतदान गर्ने बताए। राष्ट्रियता कसैको एकलौटी नहुने तर्क गर्दै सबैको साझा हो भनेर आत्मसात गर्न पनि उनले आग्रह गरेका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्तएनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरुपेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यबारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी आर्थिक वर्ष ०७९/८० को बजेट पास बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान बैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई एनआरएनए अध्यक्ष आचार्यको आग्रह नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त एनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु पहिलो अभ्यास खेलमै नेपाल पराजित नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?