गृहपृष्ठ ∕ समाचार ∕ सुगौली सन्धिदेखि नै महाकाली पूर्वको भूमि नेपालकोः शेरबहादुर देउवा सुगौली सन्धिदेखि नै महाकाली पूर्वको भूमि नेपालकोः शेरबहादुर देउवा दीप संञ्चार जेठ ३१, २०७७ गते २२:३८ मा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुगौली सन्धिदेखि नै महाकाली नदी पूर्वको भूभाग नेपालको भएको बताएका छन्।प्रतिनिधिसभाको शनिबारको बैठकमा संशोधन संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने विषय अकाट्य रहेको बताएका हुन्। अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको उल्लेख गर्दै देउवाले भने, ‘कसैले महाकाली पनि भन्छन्, तर हामी काली नै भन्छौं, चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ, नेपालीमा भन्दा काली नदी नै हो।’देउवाले देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको प्रष्ट पार्दै संविधान संशोधन विधेयक देशको अखण्डता र राष्ट्रियताका पक्षमा रहेको बताए। ‘त्यसै कारण नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको हो, संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको हो,’ उनले भने।शनिबारको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरी निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक दर्ता भएको छ। उक्त विधेयकको दफावार छलफल अहिले जारी छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप