Techie IT
×
गृहपृष्ठसमाचारएमसिसी विरुद्ध दंगाली युबाहरुको गर्जन : पास गर्न खोजे संसद भबन भित्र बम बनेर पड्किन्छौ

एमसिसी विरुद्ध दंगाली युबाहरुको गर्जन : पास गर्न खोजे संसद भबन भित्र बम बनेर पड्किन्छौ


दाङ – तुलसीपुरको बि.पि. चोकमा स्वतन्त्र युबाहरुले एमसिसीको विरुद्धमा बिरोध कोणसभा कार्यक्रम सम्पन्न गरेका छन।एमसीसी हाम्रो देश र जनाताको हक हितका लागी नभएको भन्दै यसको पुर्ण खारेजीको माग गरेका  हुन ।

एमसिसी सम्झौता हिन्द प्रशान्त रणनीतिकै अंग भएको र देशको हित बिपरित भएकोले कुनैपनी हालतमा यो परियोजना संसदबाट पास गर्न नदिने, यदि बल्जफ्ती पास गर्न खोजे संसद भबनमा बम बनेर पड्किने कार्यक्रमका बक्ता हेमन्त प्रकाश वलिले चेतावनी दिए।

अत्याधुनिक हतियार भण्डारण गर्ने,उत्पादित बिजुली नेपालभन्दा पहिले गोरखपुर लग्ने,परियोजनाका लागि जनशक्ति श्रोत साधनमा अमेरिकी एकाधिकार ,कर तिर्न नपर्ने,दिल्ली र अमेरिकाले चाहेमा जुनसुकैबेलापनि सम्झौता रद्द गर्न सक्ने,बौद्धिक सम्पत्तिमा अमेरिकी एकाधिकार जस्ता बिबादास्पद अनुसुचिले यो हितमा नभएको प्रष्ट हुने वलिले  जिकिर गरे।

mcc

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बक्ता तेज प्रसाद पोख्रेलले एमसिसी मार्फत देश अमेरिकालाइ बेचेर आफ्नै देशमा शरणार्थी भएर बाच्ने कुरा कति जायज छ भन्दै प्रश्न गरेका थिए । “लेखापरीक्षण सम्म नेपालले गर्न नपाउने यो कस्तो सम्झौता हो?” उनले थपे ।

संसद भबन बिदेशी जासुसले भरिएको उल्लेख गर्दै  शरीरमा एक थोपा रगत रहदा सम्म एमसिसी पास  गर्न नदिने , यदी कसैले पास  गरौला भनेर खोज्छ र सोच्छ भने त्यो दिवा सपना मात्र भएको कुरा उनले स्पष्ट पारेका छन । देशको अस्तित्व   रक्षा गरी भबिश्य मा स्वतन्त्र भएर ठाडो शीर पार्दै बाच्न चाहाने आम देशभक्त युबाहरुलाइ सडक संघर्षमा आउन समेत उनले अपिल गरेका छन ।

कार्यक्रममा एमसिसी सम्झौता खारेज गर,देश बेच्न पाइदैन,रास्ट्रघाती दलालहरु होसियार,अमेरिकी साम्राज्यवाद मुर्दाबाद जस्ता बिभिन्न पम्प्लेटहरुका साथ सामाजिक दुरी अपनाउँदै गरिएको प्रदर्शनमा रोचक नारासहितका ब्यानर लिएर युवाहरुले सडकमा  एमसिसीको विरुद्धमा बिरोध जनाएका थिए ।

दुई जना बक्ताले बिचार ब्यक्त गरेको उक्त कार्यक्रममा १९ जना युवाहरुको उपस्थित थियो भने कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेकाअ थिए ।

mcc


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस