गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रिपरिषदद्वारा चार्टर्ड फ्लाइट दरको निर्णय फिर्ता,एयरलाइन्सहरुले आफ्नै हिसावले टिकट बिक्री गर्न पाउने मन्त्रिपरिषदद्वारा चार्टर्ड फ्लाइट दरको निर्णय फिर्ता,एयरलाइन्सहरुले आफ्नै हिसावले टिकट बिक्री गर्न पाउने भागिरथ योगी जेठ ३१, २०७७ गते ६:३७ मा प्रकाशित काठमाडौँ – शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले चार्टर्ड फ्लाइटको टिकट दर महंगो भएको भन्दै आलोचना भए पछि सो निर्णय फिर्ता लिएको बताइएको छ। अब अन्य एयरलाइन्सहरुले आ–आफ्नो हिसावले टिकट बिक्री गर्न पाउने छन्।गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार आयोजित अनलाइन अन्तरक्रियालाई सम्वोधन गर्दै संघका अध्यक्ष कुमार पन्तले सम्बन्धित देशका दूतावासको संयोजनमा विमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएको जनाए। “विदेशमा अफ्ठेरोमा परेर स्वदेश फर्किनुपर्ने नेपालीलाई तोकेको भाडा महँगो भएकाले पुनरावलोकनका लागि हाम्रो निरन्तरको आग्रहपश्चात् सरकारले केही सकारात्मक निर्णय गरेको छ।यसका लागि हामी नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छौं,” पन्तले भने। पन्तले नेपाल फिर्तिको लागि तोकेको भाडा दरको निर्णय नेपाल सरकारले पुनरावलोकन गरेपछि अब सस्तो भन्दा सस्तो जहाज भाडामा लिएर लैजान सकिने वताए। उनले आवश्यक परे गैरआवासीय नेपाली संघ आफै हवाईजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धारको लागि तयार रहेको बताए।पर्याप्त तयारी अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका महासचिव डा. हेम राज शर्माले विदेशबाट फर्किने नेपालीहरुको व्यवस्थापनमा नेपाल सरकारले पर्याप्त तयारी गर्नु पर्नेमा जोड दिए। उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघ बीच सहकार्य गरेर विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमा पुनःस्थापना गर्न सकिने विचार व्यक्त गरे। यसअघि नेपाल सरकारले कोरोनो भाइरसका कारणले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न टिकट दर आफैले तोके पछि सो निर्णय विवादमा भएको थियो।गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार आयोजित अनलाइन अन्तरक्रियालाई सम्वोधन गर्दै संघका उपाध्यक्ष डा. बद्री केसीले कोरोना भाइरसको महामारीमा संघले खेलेको भूमिकाका कारण विदेशमा नेपालहरु अलपत्र हुनबाट बचेको बताए। उनले विदेशमा नेपालीहरुको शव ठूलो संख्यामा अलपत्र रहेको र त्यसको व्यवस्थापन गर्न चुनौती रहेको बताए।कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुका समस्यका बारेमा आआफ्ना भनाईहरु राखेका थिए। कार्यक्रमको संयोजन संघका प्रवक्ता डिबी क्षेत्रीले गरेका थिए। – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या