Techie IT
×
गृहपृष्ठसमाचारनेको इन्सुरेन्सले गर्याे कृषि विकास बैंकका कर्मचारीलाई कोरोना बीमाको पहिलो दाबी भुक्तानी

नेको इन्सुरेन्सले गर्याे कृषि विकास बैंकका कर्मचारीलाई कोरोना बीमाको पहिलो दाबी भुक्तानी


काठमाण्डौ – नेको इन्सुरेन्सले कोरोना बीमा अन्तर्गत पहिलो दाबी भुक्तानी भएको छ। इन्सुरेन्सले कृषि विकास बैंकका कर्मचारीलाई उक्त  दाबी भुक्तानी गरेको हो।

बैंकको शाखा कार्यालय पुर्कोटदह, गुल्मीमा कार्यरत कर्मचारी ओव बहादुर डाँगीलाई प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरेको स्वाब परीक्षणबाट कोरोना भाईरसको संक्रमण पुष्टि भए सङ्गै बैंकले आफ्नो कर्मचारीको बीमाको दाबी गरेपछि कम्पनीले कोरोना बीमा बापत एक लाख रुपैयाँ भुक्तानी गरेको हो।

यस्तै आइएमई जनरल इन्सुरेन्सले पनि कोरोना बीमा वापत एउटा दाबी भुक्तानी गरको छ । इन्सुरेन्सले नारायणी हस्पिटल चितवनमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाबी बापतको एक लाख रुपैयाँ भुक्तानी गरेको हो ।

इन्सुरेन्सले दाबी बराबरको चेक नारायणी हस्पिटलको खातामा जम्मा गरिएको इन्सुरेन्सले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस