Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारललितपुरमा मानव साङ्ग्लो : सरकारलाई प्रश्न नेपाली जनताले के पायो, … ?

ललितपुरमा मानव साङ्ग्लो : सरकारलाई प्रश्न नेपाली जनताले के पायो, … ?


ललितपुर – शुक्रबार कोरोना नियन्त्रणमा सही कदम चाल्न सरकारलाई दबाब दिन भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ । सरकारलाई दबाब दिनका लागि देशभर शान्तिपूर्ण रुपमा प्रदर्शन गर्नका लागी जनता सडकमा ओर्लिएका हुन् ।

नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या बढिरहँदा सरकारले परीक्षणको दायरा बढाउन नसकेको र क्वारेन्टिनको गुणस्तर राम्रो नहुँदा दिनहुँ संक्रमित बढेको बढेकै भएको भन्दै यतिबेला जनमानसमा सरकाप्रति आक्रोश बढ्दो छ ।

अझै त्यसमा, कोरोना नियन्त्रण र राहतको नाममा १० अर्ब रुपैयाँ खर्च भइसक्दा पनि वास्तविक जनताले राहत नपाएको र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोप सरकारमाथि लागेको छ ।

बिभिन्न पम्प्लेटहरुका साथ सामाजिक दुरी अपनाउँदै गरिएको प्रदर्शनमा रोचक नारासहितका ब्यानर लिएर सर्वसाधरणले सडकमा मानव साङ्ग्लो बनाएका थिए ।

केहि तस्बीरहरु :

laitpur kanda

laitpur kanda

laitpur kanda

laitpur kanda


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस