Techie IT
×
गृहपृष्ठसमाचारक्वारेन टाईनमा बसेकाहरुको व्यवस्थापनमा व्यस्त उपाध्यक्ष — यादव

क्वारेन टाईनमा बसेकाहरुको व्यवस्थापनमा व्यस्त उपाध्यक्ष — यादव


देउखुरी – राजपुर गाउँ पालिकाका उपाध्यक्ष धनपति यादव हिज आज निकै व्यस्त छिन । उनि घरको काम भन्दा बढी क्वारेन टाईनमा बसेका मानिसहरुको रेख देखमै केन्द्रित छिन ।

बिहानै उठेर गाउँपालिका भित्र बनेका चार वटा क्वारेन टाईनको अवस्था बारे बुझ्ने र कहिँ कतै केहि समस्या वा आवश्यकता भयो भने समाधान गर्ने उनको दैनिकी बनेको छ । उपाध्यक्ष यादव दैनिक घर बाहिर निस्कन पर्छ र सबै जनता संग घुलमिल हुनु पर्छ, साना साना नाति नातिन छन्, श्रीमान् हुनुहुन्छ छोरी छन् उनीहरुका लागि भए पनि अलग सुत्ने र अलग्गै खाने गरेको बताईन ।

शुरु शुरुमा त् रोजगारका लागि भारत गएकाहरु फर्किने लहर चल्यो उनीहरुलाई कहाँ राख्ने भनेर व्यवस्थापन गर्नमै समय लाग्यो, त्यसपछि फेरी दाङ्ग जिल्ला देखि बाहिर मजदुरी गर्न जानेहरु फर्किन थालेपछि उनीहरुलाई कहाँ राख्ने कसरि व्यवस्था मिलाउने भन्ने मै व्यस्त रहेको यादवको भनाई छ । क्वारेन टाईन राख्नका लागि गाउँपालिकामा कुनै विवाद छैन, स्थानीयको राम्रो सहयोग पनि भएको छ र क्वारेन टाईनमा बसेकाहरु पनि गाउँ पालिकाको व्यवस्थापनमा खुशी छन् ।

राजपुर गाउँपालिकामा अहिले चार वटा बिद्यालयलाई क्वारेन टाईन तीन भवनका रुपमा प्रयोग गर्दै आएको छ । गाउँपालिकाले साधारण माध्यामिक बिद्यालय सालाभौरीमा सत्र जना पुरुष र चार जना महिला, जनज्योति माध्यामिक बिद्यालय बेलामा तिस जना पुरुष र दुई जना महिला, बाल कल्याण माध्यामिक बिद्यालय खंग्रामा चालिस जना र माध्यामिक बिद्यालय दुलैयामा चालिस जना पुरुष र छ जना महिला गरि गरि कुल एक सय सैतिस जना रहेका छन् । राजपुर गाउँपालिकामा हाल सम्म ६ जनामा कोरोना संक्रमण भएको छ ।

उनीहरुको गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा राखेर उपचार भैरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिए । शुरुवाती चरणमा घर फर्किनेको संख्या बढ्दो क्रममा रहेको थियो, अब भने केहि हद सम्म कमि आएको स्वास्थ्य शाखा प्रमुख रोकायको भनाई छ ।

गाउँपालिकाले चार वटा क्वारेन टाईनका लागि दुई र दुई जना सुरक्षाकर्मी, र दुई सिफ्ट हेर्न सकिने गरि एक जना अहेब र अनमि खटाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस