गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए र नेपाली दूतावासको समन्वयनमा विदेशमा अलपत्र परेका ५११ नेपालीको उद्धार एनआरएनए र नेपाली दूतावासको समन्वयनमा विदेशमा अलपत्र परेका ५११ नेपालीको उद्धार दीप संञ्चार जेठ २९, २०७७ गते २१:३९ मा प्रकाशित कुवेत – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार सम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार भएको जनाएको छ ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार आजै मात्र कुवेत सरकारको सहयोगमा २९९ जना नेपाली स्वदेश फर्किएका छन् ।अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ति शिविरमा थप २ हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।एनआरएनएसँगकाे समन्वयमा अहिलेसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरि पछिल्लो समय ५ सय ११ जनालाई उद्धार भएको संघले जनाएको छ ।कोरोना भाइरसको संक्रमण पछि महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो ।अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारको लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड १९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा रहेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह